१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रघुजी पन्तको घोचपेचपछि प्रधानमन्त्रीले भने- मेरो तौल घटिराख्या छ

४ जेष्ठ २०८०, बिहीबार ०८:५१

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीचको सवालजवाफका क्रममा केही घोचपेच पनि चलेको छ । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई ‘ह्यान्डसम र खाइलाग्दो देखिएको’ भन्दै कटाक्ष गरेका थिए ।

पन्तले भने, ‘पाँच महिनापछि प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने सुदिन आएको छ । प्रधानमन्त्रीज्यूलाई हेर्न विशेष समयमा बोल्नुपर्‍यो, आकस्मिक समयमा पनि बोल्नुपर्‍यो । प्रधानमन्त्रीसँग छलफल गर्न पाइयोस् भनेर पटक पटक आग्रह गरियो । जिरो आवरमा प्रधानमन्त्री कहाँ हुनुहुन्छ भनेर खोज्नुपर्ने, सूचना जारी गर्नुपर्ने अवस्था पनि आयो ।’


त्यसपछि उनले थपे, ‘आज धेरै दिनपछि दखेर हो कि मेरो आँखालाई भ्रम परेको त होइन होला । प्रधानमन्त्रीज्यू बडो ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ । झन् दौरा सुरुवाल लगाएर होला निकै खाइलाग्दो देखिनुभएको छ । कामना छ भोलिका दिनमा जनता पनि प्रधानमन्त्री जस्तै छिट्टै खाइलाग्दा होऊन् ।’

त्यसपछि पन्तले आफ्नो प्रश्न राखे, जुन भारतसँगको सम्बन्धका विषयमा थियो । जवाफ दिने क्रममा प्रधानमन्त्रीले आफूलाई ह्यान्डसम भनेकोमा धन्यवाद दिए ।

‘माननीय सदस्यले मेरो अलि धेरै नै प्रशंसा भनौं कि व्यंग्य भनौं, म धेरै खाइलाग्दो त देखिएको छैन । मेरो तौल घटिरहेको छ । देख्दा तपाईंले राम्रो देख्नुभएको छ । त्यसका लागि तपाईंको आँखालाई पनि धन्यवाद’, प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी