१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पक्राउ पुर्जी जारी भएका कम्तिमा १६ जना पक्रन बाँकी, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी

४ जेष्ठ २०८०, बिहीबार ०९:०६

जेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाउने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार प्रस्तावित रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने काम अन्तिम चरणमा पुगेको छ ।

‘सम्भवतः शुक्रबार हामी प्रतिवेदन बुझाउने छौं’, परिसरका एक अधिकारीले भने । यो प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन् । बिहीबारमात्र हज कमिटीका अध्यक्ष शमशेर मिया पक्राउ परेका थिए । सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत पक्राउ परिसकेका छन् ।

पुर्जी जारी भएका १६ जना अझै पक्राउ परेका छैनन् । फरार हुनेहरुमा राईका छोरा निरज र बादलका छोरा प्रतिकसहित छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको अर्बभन्दा बढीको ठगी आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जना विचौलियालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

त्यसयता ठगी मुद्दालाई संगठित अपराधमा लगेर हिरासतमा राखेर अनुसन्धान गर्ने समयलाई ६० दिनमा पुर्‍याइएको थियो । प्रहरीका अनुसार पीडितले जनही २० देखि ५० लाख रुपैयाँसम्म बुझाएको आरोप लगाएका छन् । भुटानी शरणार्थी समस्या समाधान गर्न गठन भएको कार्यदलले तयार गरेको प्रतिवेदनमा पछि नेपालीको नाम पनि समावेश भएको पाइएपछि हाइप्रोफाइलहरु तानिएका हुन् ।

कार्यदल गठन गर्नुअघिदेखि नेपाललाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान गिरोह सक्रिय भएको र त्यसको नेक्सस माथिसम्म रहेको अनुसन्धान अधिकारीहरु बताउँछन् । अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरी अभियोगपत्र तयार गर्नेछ । आगामी मंगलबारसम्म अदालतमा अभियोगपत्र दर्ता गरिसक्नु पर्नेछ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले अनुसन्धान प्रतिवेदन आएपछि मात्र कति जना प्रतिवादी कायम हुनेछन् भन्नेबारे भन्न सकिने बताए । ‘अहिलेसम्म १५ जना पक्राउ छन् भने अन्य १६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अवस्था छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी