१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

४ गते शरणार्थी प्रकरणबारे ‘तथ्य प्रमाणसहित बोल्ने’ बताएका ओली किन गएनन् संसद ?

४ जेष्ठ २०८०, बिहीबार ०९:१८

जेठ ४, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते संसदमा उपस्थित भएर भुटानी शरणार्थी प्रकरणबारे तथ्य प्रमाणसहित बोल्ने पूर्वघोषणा गरेका थिए । तर, आज उनी संसदमा अनुपस्थित रहेका छन् ।

ओलीले गत बैशाख २८ गते पार्टीको बैठकमा भनेका थिए, ‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु ।’

तर, आज ओली संसदमै उपस्थित नभएपछि उनको पूर्वघोषणा अधुरो बनेको छ । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार स्वास्थ्य समस्याका कारण उनी आज संसद जान नसकेका हुन् ।

‘केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । सिटामोल खाएर हिँडिरहनुभएको थियो । आज चाहिँ घरमै आराम गरिरहनुभएको छ’, बजगाईंले भने ।

संसदमा ४ गते नै प्रधानमन्त्रीले संसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची तय भएपछि ओलीले आफ्नो सम्बोधनको योजना स्थगित गरेका थिए ।

प्रधानमन्त्रीभन्दा अघि बोल्न नमिल्ने र पछि बोल्दा पनि ओझेलमा पर्ने भएकाले उनले नबोल्ने निर्णय लिएका हुन् । स्वास्थ्य समस्याले गर्दा उनी संसद नै जान सकेनन् ।

ओलीले शरणार्थी प्रकरणका विषयमा अर्को कुनै दिन संसदलाई सम्बोधन गर्ने बजगाईंले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी