१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेको प्रतिक्रिया- प्रश्नोत्तर कर्मकाण्डी भयो, प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन

४ जेष्ठ २०८०, बिहीबार १०:५१

जेठ ४, काठमाडौँ | नेकपा (एमाले) ले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको संसदमा दिएको जवाफलाई कर्मकाण्डीको संज्ञा दिएको छ ।

प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको जवाफ स्पष्ट नभएको बताए ।

उनले भने, ‘संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन पहिलो कुरा । प्रश्न पहिले सोधेर उत्तर पछि ल्याएर चाहिँ जीवन्त हुँदैन । प्रश्नोत्तर लाइभ जीवन्त हुनुपर्छ । माननीयहरूले त्यहीँ सोध्ने र प्रधानमन्त्रीले त्यहीँ जवाफ दिने गर्नुपर्छ । त्यो भए मात्रै यो आकर्षक हुन्छ । नत्र यो कर्मकाण्डी भयो ।’

कर्मकाण्डी प्रश्नत्तर कार्यक्रममा प्रधानमन्त्रीले केही गलत तथ्यांक ल्याएको दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले केही ठिकै कुरा गर्नुभएको छ । प्रधानमन्त्रीले आफ्नो कर्मकाण्डी कामलाई पूरा गर्नुभयो । प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन । शरणार्थी प्रकरणमा अनुसन्धानमा उच्च पदस्थ र अरु मान्छेलाई जोगाउने कुरा आएको त्यो कुरामा प्रधानमन्त्री वा गृहमन्त्रीले यो केसमा मात्रै जवाफ दिनुपर्छ भनिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी