जेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीहरूको अधिकारका लागि भनेर आवाज उठाउँदै आएका टेकनाथ रिजाल पनि पक्राउ परेका छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले पुष्टि गरे ।
यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए । काठमाडौं प्रहरी परिसरले उनलाई बिहीवार नियन्त्रणमा लिएको हो ।