४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रसा गुरुङलाई सहरभन्दा भेडीगोठ नै प्यारो

४ जेष्ठ २०८०, बिहीबार १२:१९

जेठ ४, गलकोट | सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् ।  सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिनुभएका उहाँले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आउनुभएको छ । पुर्वी रुकुमको लुकुम निवासी गुरुङ भेडा चराउनका लागि अहिले बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेको भेडीगोठमा एक महिनादेखि हुनुहुन्छ । 


अहिले उक्त भेडी गोठमा गुरुङसहित चार भेडी गोठालाका  एक हजार १०० भेडा छन् । “सानै उमेरदेखि बाबुबाजेसँगै भेडा चराउन जङ्गलमा आइयो, यही पेसालाई निरन्तरता दिनुपर्दछ भन्ने सोच पलाएकाले चार वर्ष विदशी सहर बजारको रमाइलो भन्दा भेडीगोठमै आनन्द आउँदो रहेछ”, भेडी गोठाला गुरुङले भन्नुभयो, “आफ्नै परम्परागत भेडापालनमै सन्तुष्ट बन्न सकेँे, अहिले भेडा चराउँदै बागलुङको सिमानामा आएका छौँ, असारसम्म बागलुङको ढोरपाटनस्थित बुकी पुग्नेछौँ ।  बागलुङ, रोल्पा, रुकुम, प्यूठान लगायतबाट हजारौँ भेडाको जमघट बुकीमा हुनेछ ।”

अहिले भेडा खरिदका लागि रोल्पा, रुकुम र बागलुङबाट भेडीगोठमै खरिदकर्ता आइपुगेका र थुम्बोलाई  रु ३० हजारमा गोठबाटै बिक्री हुँदै आएको छ । “भेडा पालनमा निकै दुःख छ तर जति दुःख भए पनि पुर्खाले गरेको पेसामा रमाउने बानी प¥यो, भेडा बिक्री हुँदा आनन्द आउँछ,” गुरुङले भन्नुभयो, “लुकुमबाट सुरु भएको भेडा चराउने यात्रा बागलुङको बुकीमा पुगेपछि पुन ः फर्किने क्रम सुरु हुन्छ, लुकुममा मात्रै सयजनाभन्दा बढीको भेडाका बथान छन्, हामीलाई सहर बजारभन्दा जङ्गलकै भेडीगोठ प्यारो लाग्छ ।”

भेडा चराउन जङ्गल आउँदा फुर्सद नभएर भेडा फार्म दर्ता गर्न कठिन भएकाले सरकारले गोठमै आएर भेडा फार्म दर्ताको अभियान चलाउनुपर्ने उहाँको उहाँको माग थियो ।भेडामा रोग लाग्दासमेत जङ्गलकै जडीबुटी खुवाएर उपचार गराउने गरिएको  तर फार्म दर्ता गर्ने, अनुदान ल्याउने तथा उपचारका लागि प्राविधिक बोलाउन फुर्सदै नभएको गुरुङको भनाइ थियो । 

आम्दानीका हिसाबले भेडापालन राम्रो भए पनि लामो झरी र  हिउँ पर्दा भेडा मर्ने भएकाले नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्छ । 

राम्रो घाँस पाइने भएकाले बर्खामा सबै भेडा बुकीमा लैजाने गरिएको अर्का भेडापालक ३४ वषीय जोरप्रसाद घर्तीले जानकारी दिनुभयो । चार सय भेडा पाल्दै आउनुभएका उहाँ पनि बुबालाई पछ्याउँदै  भेडा पालनमा रमाउँदै आउनुभएको छ । “पानी पर्दा र हिउँ पर्दा निकै समस्या हुन्छ, बेमौसमी वर्षाका कारण चिसोले ६० भेडा गत वैशाख दोस्रो साता मरेका थिए, भेडा चराउँदै लैजाँदा दाङसम्म पुगिन्थ्यो, त्यहाँ छेरुवा रोग लागेपछि अहिले चार÷पाँच वर्षभयो बुकीतर्फ लान थालेका छौँ” भेडापालक जोरप्रसादले भन्नुभयो, “बाबुबाजेले गरेको पेसाप्रति गर्व लाग्छ, भेडापालनमा धेरै दुःख कष्ट छ  तर सन्तुष्टी भने विदेशमा भन्दा भेडीगोठमै हुन्छ भेडापालनको आम्दानीले परिवार पाल्न पुगेकै छ । अर्काको देशमा गएर ज्याला मजदुरी गर्नुभन्दा आफ्नै देशमा भेडा गोठालो हुनु मलाई राम्रो लाग्छ।”

भेडापालक किसनालाई सरकारले कुनै सहयोग गुनासो गर्दै उहाँले लगातार पानी परे भोकै भेडा मर्ने र जङ्गली जनावारको आक्रमणले पनि चुनौती भइरहेको बताउनुभयो । 

“बुकीतर्फ जाँदै छौँ अहिले, भेडा चराउँदै असारसम्म बुकी पुगिन्छ, बुकीको घाँसमा चरेका भेडा स्वस्थकर हुन्छन् र मूल्य पनि बढी पर्दछ जब बुकीमा हिउँ पर्न थाल्छ तब हामी पुनः भेडा लिएर बुकीबाट झर्ने गर्दछौँँ, भरियालाई बोकाएर गोठालो खर्च लगिन्छ” जोरप्रसादले भन्नुभयो “भेडा गोठालाको छुट्टै संसार छ, लेकमा मोबाइलसमेत चल्दैन, अत्यावश्यक परे खबर पठाउने हो, नभए दुई महिना भूमिगत जस्तै भइन्छ, हामी गोठमै रमाउनेलाई सहर बजारको त्यति चासो छैन ।”

भेडापालन छोडेर वैदेशिक रोजगारीमा गए पनि राम्रो कमाइ नभएकाले पुनः भेडापालनमै फर्किएको र अब विदेश नजाने उहाँले  बताउनुभयो ।

 अस्थायी भेडीगोठ निर्माण गर्दै भेडा चराउँदै हिँड्दा निकै दुःखकष्ट भए पनि यही परम्परागत पेसामै सन्तुष्ट हुँदै आएको अर्का भेडी गोठाला सत गुरुङले बताउनुभयो । “पातीहाल्नेमा अहिले एक हजार १०० भेडा एउटै गोठमा छन् । चरनका लागि बाहिर ल्याउँदा आ–आफ्नो छुट्टाइन्छ, अब हिमलतर्फ लाग्ने दिन आयो” गुरुङले भन्नुभयो “यस पटक बेमौसमी वर्षाका कारण यही गोठमा ६० भेडा मरे, अहिले घाटा भयोे ।” भेठीगोठको कष्टकर दिनचर्याबाट बचत भएको आम्दानीले परिवार पाल्दै छोराछोरीलाई अध्ययनका लागि पुग्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ