१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शरणार्थी प्रकरणका आराेपीलाई ‘राष्ट्रहित प्रतिकूलको कार्य’ गरेको थप अभियोग लगाउने तयारी

४ जेष्ठ २०८०, बिहीबार १२:३१

जेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा राष्ट्रहित प्रतिकूलको कार्य गरेको अभियोग पनि लगाउने तयारी भएको छ ।

काठमाडौं प्रहरी परिसरले अनुसन्धान प्रतिवेदन तयारीलाई अन्तिम चरणमा पुर्याइरहेका बेला ‘राष्ट्रहित प्रतिकूलको कार्य नगर्न नहुने’ कसुरमा पनि मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसरले शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाउँदै छ ।

प्रस्तावित रायमा ठगी, सरकारी कीर्ते, संगठित अपराध र ‘राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने’ कसुरमा मुद्दा चलाउन सिफारिस उल्लेख गर्ने तयारी भएको परिसर स्रोतले बताएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने उल्लेख छ ।

उक्त दफाको उपदफा २ (क)मा उल्लेख भएको ’नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखन्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवी उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फेलाउने’ कसूरमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ। उक्त कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

ठगी प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन् भने १६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले अनुसन्धान प्रतिवेदनमा यिनैलाई मात्र मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको छ । ‘अरु कोही संलग्न भएको प्रमाण उपलब्ध भएका बखत पुन: अनुसन्धन गरेर मुद्दा दरत गर्ने गरी प्रतिवेदन बुझाउँदै छौँ’, एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग