२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालीलाई ‘नक्कली भुटानी’ बनाउनेविरुद्ध प्रहरीले ल्याउँदैछ यस्तो प्रतिवेदन

२०८०, ५ जेष्ठ शुक्रबार ०५:५१

जेठ ५, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँदै ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा दिनहुँ जासो पक्राउ पर्नेहरुको संख्या थपिइरहेको छ । यसरी पक्राउ परेका शीर्ष नेताहरुदेखि अन्य माथि कुन अभियोग लगाउछ होला प्रहरीले ? कानूनी उपचारमा जाँदा कुन बाटो अवलम्वन गरिन्छ होला ? यो अहिलेको आम चासो हो । यसबारे के छ त आन्तरिक तयारी ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्षस्थ नेताहरुदेखि अन्य विभिन्न क्षेत्रका मानिसहरु मुछिएको अवस्थामा अब उनीहरुविरुद्ध कुन मुद्दा दर्ता गरिन्छ ? प्रहरीले के कसरी यस मुद्दालाई अघि बढाउला ? यसबारे चासो बढी रहेको छ । यस्तो अवस्थामा प्रहरीले जनाए अनुसार नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा राष्ट्रहित प्रतिकूलको कार्य गरेको अभियोग समेत लगाउने तयारी भइरहेको छ ।


काठमाडौं प्रहरी परिसरले अनुसन्धान प्रतिवेदन तयारीलाई अन्तिम चरणमा पुर्याइरहेका बेला ‘राष्ट्रहित प्रतिकूलको कार्य नगर्न नहुने’ कसुरमा पनि मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको हो । यसबारे काठमाडौं प्रहरी परिसरले शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाउँदै छ ।

प्रहरीले बुझाउन लागेको प्रस्तावित रायमा ठगी, सरकारी कीर्ते, संगठित अपराध र ‘राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने’ कसुरमा मुद्दा चलाउन सिफारिस उल्लेख गर्ने तयारी भइरहेको छ । प्रहरीले राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने कसुरलाई समेत जोड्यो भने यो मुद्दा थप शसक्त हुने देखिन्छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने उल्लेख छ । उक्त दफाको उपदफा २ (क)मा उल्लेख भएको ’नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखन्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवी उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फेलाउने’ कसूरमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ ।

उक्त कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहिबार नेपाल हज समितिका अध्यक्ष शमशेर मिया र भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । उनीहरु पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

यसअघि प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाँण, कांग्रेस नेता आङ्टावा शेर्पासहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै आइरहेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने समूहमा भूमिका रहेको आरोपमा नेपाल सरकारका सचिव तथा पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

यसैगरी, केशव दुलाल, टंक गुरुङ, सानु भण्डारी, सागर राई, पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि प्रहरी अनुसन्धानकै क्रममा हिरासतमा छन् ।

प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई बुधबार नै थप तीन दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह