१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लडाकु शिविरबारे प्रधानमन्त्रीलाई एमालेको जवाफ – खुलेआम लुट थियो, ठूलाे स्वरमा हुंकार नगर्नुस्

५ जेष्ठ २०८०, शुक्रबार ०६:१३

जेठ ५, काठमाडौँ | नेकपा एमालेले लडाकु शिविरमा घोटाला भएको दाबी गरेको छ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविर घोटाला भएको प्रमाणित भएको पुष्टी भए जेल जान तयार रहेको बताएपछि एमालेले यस्तो दाबी गरेको हो।

एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डलाई चुनौती दिँदै फेसबुकमा लेखेका छन्, ‘लडाकु शिविर प्रकरणमा ७–८ हजारको हाराहारीमा रहेका लडाकुहरुलाई ३२–३३ हजार पुर्याएको कुरा प्रचण्ड आफैले हुंकारका साथ वोलेको अडियो सामाजिक संजालमा सुरक्षित छ।’

वास्तविक लडाकु ७–८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बताउँने गरेको उनको भनाइ छ।

‘शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोरेर राख्नेगरेको कुरा त्यहावस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउदै आएको कुरा हो’ महासचिव पोखरेलको भनाइ छ, ‘अनमिनले प्रमाणिकरण गरेकाहरुमध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यवाट ठुलो रकम प्राप्त गरेकै हुन्।’

प्रचण्डले अझै पनि ठूलो स्वरमा हुंकार दिँदैमा लडाकु शिविरमा कुनै भ्रष्टाचार र अनियमितता नभएको नहुने उनको तर्क छ।

‘यी सबै तथ्यहरुबाट राज्यले कति अनुचित आर्थिक भारबोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा होइन’ उनले भनेका छन्, ‘हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्यमाथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?’

जनताले शान्तिका नाममासवै कुरालाई आजसम्म सहदै भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग