२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महेश बस्नेतको टिप्पणी- बालेनको लौरोले टाउकोमा हानिसक्यो, घण्टी त्योभन्दा डेन्जर हुन्छ

२०८०, ५ जेष्ठ शुक्रबार ११:१५

जेठ ५, काठमाडौँ | नेकपा एमालेका नेता महेश बस्नेतले बालेनको लौरोभन्दा घण्टी डेन्जर भएको टिप्पणी गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन मध्यपुर थिमी नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले मात्रै जनताको काम गर्नसक्ने बताए ।

एमाले सधैं जनताको पक्षमा रहेको उल्लेख गर्दै पार्टी कमिटीहरुलाई पनि सेवामा समर्पित हुन आग्रह गरे ।

‘यहाँ बाआमाहरुमात्रै भेला हुनुहुन्छ अब छोराछोरीलाई पनि ल्याउनुपर्छ । छोराछोरी कहिले कहिले घण्टी बजाउने ? कहिले लौरो टेक्ने । त्यही लौरो आएर बस्ती भत्काउने, त्यही घण्टी आएर टाउकोमा हान्छ’, बस्नेतले भने, ‘अहिले घण्टी घण्टी भन्नुहुन्छ । हेर्नुहोला लौरो भन्दा घण्टी डेन्जर हुन्छ । तपाईंका छोराछोरी पनि घण्टी भनेर हिँडेका छन् होला यहाँ । अहिले लौरोले हान्छ बालेनले हान्छ भनिराख्नुभएको छ नि । त्यसैले घण्टी झन् डेन्जर भएर आउँछ रोक्नुहोला ।’

उनले सुकुम्बासी बस्ती हटाउने नभएर व्यवस्थित बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह