२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमसिसीका उपाध्यक्ष ब्रुक्स र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२०८०, ६ जेष्ठ शनिबार ११:४७

जेठ ६, काठमाडौँ | मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को युरोप, एशिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ । शिष्टाचार भेटघाटका क्रममा एमसिसीले मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितिबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ । 

“यो एउटा शिष्टाचार भेटघाट हो । एमसिसीअन्तर्गतका परियोजनामा भइरहेका हालका गतिविधिबारे सामान्य कुराकानी भयो । परियोजनाका आगामी गतिविधि, मुआब्जा तथा जग्गा प्राप्ति र परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयबारे गृहमन्त्रालयबाट हुनसक्ने सहयोगका लागि उहाँले आग्रह गर्नुभएको छ”, भेटघाटबारे जानकारी दिनुहुँदै गृहसचिव दिनेश भट्टराईले भन्नुभयो ।    

मिलेनियम च्यालेञ्ज नेपाल अकाउन्टबाट कार्यान्वयन भइरहेका विद्युत् प्रसारणलाइन र सडक विस्तार आयोजनाको जग्गा प्राप्तिको काम अझै बाँकी छ । मुआब्जा वितरण तथा जग्गा प्राप्तिका काममा प्रमुख जिल्ला अधिकारीहरू संलग्न हुनेहुँदा गृह मन्त्रालयबाट त्यसको समन्वयका लागि ब्रुक्सले आग्रह गर्नुभएको गृहसचिव भट्टराईले बताउनुभयो ।       

भेटघाटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले परियोजनाको सफल कार्यान्वयन तथा समयमै सक्नेगरी काम अघि बढाउन मन्त्रालय र जिल्लाबाट आवश्यक सहयोग हुने आश्वासन दिनुभएको उहाँले जानकारी दिनुभयो । मिलेनियम च्यालेञ्ज नेपाल अकाउन्ट विकास समितिमार्फत करिब तीन सय १५ किलोमिटर चार सय केभी डबल सर्किट प्रसारण लाइन र करिब तीन सय पाँच किलोमिटर रणनीतिक सडक सञ्जाल विस्तार तथा मर्मतसम्भार परियोजनामा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह