१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाको अध्यक्षमा लामा

६ जेष्ठ २०८०, शनिबार १३:४१

जेठ ६, काठमाडौँ । समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाले भीम लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । शाखाको आज सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी चौलागाईँ र रुपचन्द्र महर्जन, सचिवमा योगेन्द्र चौलागाईँ, सहसचिवमा बद्री चौलागाईँ र गणेश विक, कोषध्यक्षमा सुजन पाख्रिन तथा सदस्यमा डिगबहादुर श्रेष्ठ र स्यारोन घिसिङ हुनुहुन्छ । कार्यसमितिले दुई सदस्य मनोनयन गर्नेछ ।


सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रिकारिता क्षेत्र सधैँ अग्रगमनको पक्षमा रहेर व्यावसायिकरूपमा निष्पक्ष लेखन गर्नुपर्ने बताउनुभयो । उहाँले सूचनाको अधिकारलाई जनतासम्म पु¥याउन प्रेसको महत्वपूर्ण भूमिका हुने हुँदा यसको स्वतन्त्रताको पक्षमा सङ्गठन सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेकपा (एकीकत समाजवादी)का काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठले सञ्चार जगत्ले गर्ने अनुसन्धानपछि आउने समाचारले मुलुकमा भइरहेका ठूला भ्रष्टाचारका काण्ड बाहिरिएको बताउँदै यस्ता विकृतिलाई न्यूनीकरण गर्न प्रेसले खोजी गरिरहनुपर्ने विचार व्यक्त गर्नुभयो ।


समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष शन्तराम बिडारीले साना लगानीका सञ्चारमाध्यमको जगेर्नाका लागि विज्ञापन बोर्डले लगानी बढाउनपर्ने बताउनुभयो । प्रेस चौतारी नेपाल काठमाडौँ शाखाका अध्यक्ष मकुन्द भुसालले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक गर्न सबै सङ्गठन एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । नवनिर्वाचित कार्यसमितिका अध्यक्ष भीम लामाले श्रमजीवीको हक, हित अधिकार पक्षमा क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी