२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाको अध्यक्षमा लामा

२०८०, ६ जेष्ठ शनिबार १३:४१

जेठ ६, काठमाडौँ । समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाले भीम लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । शाखाको आज सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी चौलागाईँ र रुपचन्द्र महर्जन, सचिवमा योगेन्द्र चौलागाईँ, सहसचिवमा बद्री चौलागाईँ र गणेश विक, कोषध्यक्षमा सुजन पाख्रिन तथा सदस्यमा डिगबहादुर श्रेष्ठ र स्यारोन घिसिङ हुनुहुन्छ । कार्यसमितिले दुई सदस्य मनोनयन गर्नेछ ।


सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रिकारिता क्षेत्र सधैँ अग्रगमनको पक्षमा रहेर व्यावसायिकरूपमा निष्पक्ष लेखन गर्नुपर्ने बताउनुभयो । उहाँले सूचनाको अधिकारलाई जनतासम्म पु¥याउन प्रेसको महत्वपूर्ण भूमिका हुने हुँदा यसको स्वतन्त्रताको पक्षमा सङ्गठन सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेकपा (एकीकत समाजवादी)का काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठले सञ्चार जगत्ले गर्ने अनुसन्धानपछि आउने समाचारले मुलुकमा भइरहेका ठूला भ्रष्टाचारका काण्ड बाहिरिएको बताउँदै यस्ता विकृतिलाई न्यूनीकरण गर्न प्रेसले खोजी गरिरहनुपर्ने विचार व्यक्त गर्नुभयो ।


समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष शन्तराम बिडारीले साना लगानीका सञ्चारमाध्यमको जगेर्नाका लागि विज्ञापन बोर्डले लगानी बढाउनपर्ने बताउनुभयो । प्रेस चौतारी नेपाल काठमाडौँ शाखाका अध्यक्ष मकुन्द भुसालले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक गर्न सबै सङ्गठन एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । नवनिर्वाचित कार्यसमितिका अध्यक्ष भीम लामाले श्रमजीवीको हक, हित अधिकार पक्षमा क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह