१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा ओलीको टिप्पणी– एमालेको पहलमा नियुक्त प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणतिर लागे

७ जेष्ठ २०८०, आईतवार ०६:४२

जेठ ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरेका छन् । 

सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्रीले सरकारको मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरेका हुन् । 


आफूहरूले प्रधानमन्त्री बनाए पनि सरकार बनाउने समयमा तीनवटै दललाई बाहिर राखेकोमा ओलीको कटाक्ष थियो । ‘नेकपा एमाले, रास्वपा, राप्रपालगायत दलको समर्थनमा नियुक्त हुनुभएका प्रधानमन्त्री, सरकारको मुटु प्रतायारोपण तिर लाग्नुभयो,’ ओलीले भने । 

सदनमा प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले शुक्रवार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम गन्तव्य र दिशाहीन भएको टिप्पणी गरेका छन् ।

उनले भने,‘ जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम हो। एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्रीको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू। भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम को समर्थन गर्ने प्रयासका साथ मैले सुने र पढे। तर, नीति कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ ?  मैले पहिल्याउने कोसिस गरे। तर, त्यस्तो छैन।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी