९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमतीमा मन्त्रालय १०, मन्त्री ११

७ जेष्ठ २०८०, आईतवार ०९:१४

जेठ ७, काठमाडौँ | बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेर १२ सदस्यीय बनाएका छन् । आइतबार कांग्रेसबाट ४ र एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद १२ सदस्यीय पुगेको हो ।

मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना र एकीकृत समाजवादीका २ जना मन्त्री सहभागी छन् । मन्त्रालय संख्या ११ मात्र रहेकाले कांग्रेसका रामकृष्ण चित्रकारको मन्त्रालय तोकिएको छैन ।

‘कांग्रेस र माओवादी केन्द्रले लिएकोमध्ये एउटा मन्त्रालय विभाजन हुन्छ, तर अहिले नै टुंगो छैन’ सत्तारुढ गठबन्धनका एक नेताले भने । उनका अनुसार मन्त्रालय विभाजनबारे बजेटपछि मात्र छलफल हुनेछ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउने प्रचलन छ ।

बागमती मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट संसदीय दलको नेता बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री छन् भने तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री छन् । त्यस्तै आइतबार नै मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री जम्कट्टेल, गंगा श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, कुमारी मुक्तान सामाजिक विकास र युवराज दुलाल भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् ।

बागमतीमा २०७९ को पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा गठबन्धन बदलिएपछि १३ फागुनमा राप्रपा र १० चैतमा नेकपा एमालेले सरकार छाडेको थियो ।

त्यसपछि नेपाली कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिबी राईको पत्र: “रवि र उनको पार्टीलाई पैसा दिदा डुबे, राज्यले सुरक्षा दिए नेपाल फर्कन्छु” (पत्रसहित) आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने