२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्वप्रधानमन्त्रीले संसदमा प्रवचन दिनुभयो : मेटमणि

२०८०, ७ जेष्ठ आईतवार ११:५०

जेठ ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रवचन दिएको टिप्पणी गरेका छन् ।

‘आजको सदनमा पूर्बप्रधानमन्त्रीले १ घण्टा ५५ मिनेट लगाएर नेपाल सरकारले प्रस्तुत गरेको बिषयमा आफ्नो पालामा भए गरेको कामको बिषयमा प्रवचन दिनुभयो’, ओलीको सम्बोधन लगत्तै चौधरीले सामाजिक सञ्जालमा लेखेका छन् ।

एमाले अध्यक्ष ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि आफ्ना धारणा राखेका थिए । त्यसक्रममा उनले आफू नेतृत्वको विगतको सरकारको कामकारबाहीको चर्चा गरेका थिए ।

त्यसप्रति टिप्पणी गर्दै चौधरीले लेखेका छन, ‘३३ प्रतिशत पनि पूरा नभएको धरहराको उद्घाटन गरेर गर्व गर्नुभयो । सुझाव भन्दा धेरै इगो, कुण्ठा पोख्नुभयो । प्रजातन्त्रको नयाँ परिभाषा समृद्धि र न्यायको जोड हो भन्नुभयो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रकरणका सन्दर्भमा समेत ओलीले बोलेको विषयलाई लिएर सांसद चौधरीले गम्भीर टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘उहाँ (केपी ओली) ले भुटानी शरणार्थीको बिषयमा मेरो पालामा भएको हो भनी स्वीकार गर्नुभयो । यो बिषयमा मलाई धन्यबाद दिनुपर्छ भनेर समेत जिकिर गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह