२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसदहरूको विद्युतीय हाजिरी सुरू

२०८०, ८ जेष्ठ सोमबार ०७:२१

जेठ ८, काठमाडौँ | संसद भवनमा आजदेखि विद्युतीय हाजिरी सुरू गरिएको छ । संघीय संसद सचिवालयले सोमबार बिहानदेखि बैठकमा सहभागी हुने सांसदहरूलाई डिजिटल हाजिरी गराउन सुरू गरेको हो ।

गत फागुन ३ गते बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न माग गरेका थिए । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सांसदको बायोमेट्रिक हाजिरको व्यवस्था गर्नुपर्ने बताएका थिए । जनप्रतिनिधिले सदनमा जवाफदेही हुने गरी उपस्थिति हुने व्यवस्था गर्न र जनताले पनि आफ्नो जनप्रतिनिधि कहाँ छन् भन्ने कुरा राम्रोसँग हेर्न पाउनका लागि त्यो व्यवस्था गर्नुपर्ने उनको जोड थियो ।

वैशाख २४ को प्रतिनिधिसभा कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सांसदहरूको ई-हाजिरी सुरू गर्नेबारे छलफल भएको थियो । उक्त दिन ई-हाजिरी सुरू गर्ने र सभाका सदस्यको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे छलफल भएको हो ।

सदनको महत्वपूर्ण छलफलमा समेत सांसदको नगण्य उपस्थिति हुनु थालेपछि विद्युतीय हाजिरीको कुरा उठेको थियो ।

बैठकमा सभामुखले देवराज घिमिरेले संसदमा सांसदको उपस्थिति कमजोर भएको, सांसद तलब भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ भएको, दल तथा सांसदलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण पनि गराएका थिए ।

संसद सचिवालयलाई ई-हाजिरीको तयारी गर्न निर्देशन पनि दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह