१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली शरणार्थी प्रकरणः को-को छन् फरार सूचीमा ?

८ जेष्ठ २०८०, सोमबार ११:३१

जेठ ८, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउन सुझाइएको छ, जसमध्ये १४ जना फरार छन् ।

पक्राउ परेका १६ जना र फरारसहित सबै ३० जनामाथि संगठित अपराध ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेको स्रोतले बतायो ।

फरार १४ जनामध्ये प्रतीक थापा र निरज राई हाइप्रोफाइल हुन् भने अन्य आमव्यक्तिहरु रहेका छन् । प्रतीक तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् निरज । पक्राउ पुर्जी जारी भएपछि उनीहरु दुवैजना फरार थिए ।

अन्य फरार अभियुक्तहरूमा केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी रहेका छन् । उनीहरूमध्ये अशोक पोखरेल अमेरिकामा रहेको प्रहरीले पत्ता लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ