१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउनुपर्छ : सांसद पाण्डे

९ जेष्ठ २०८०, मंगलवार ०८:५०

जेठ ९, काठमाडौँ | नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउनुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउन जरुरी रहेको उल्लेख गरे । 

पाण्डेले भने, ‘जस्तोसुकै कठिन घडीमा हामी गुज्रिए पनि केही राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउनु जरुरी छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, १२ सय मेगावाट उत्पादन हुनसक्ने जलाशययुक्त बुढीगण्डकी आयोजना यस्ता आयोजनाहरूलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर ल्याउन जरुरी छ । बुढीगण्डकी आयोजनाका लागि त राज्यले १ खर्बभन्दा बढी रकमै सङ्कलन गरिसकेको छ । त्यसको लागि छुट्टै रकम खोजिरहनु नि पर्दैन । राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौँको सीतापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रूपमा पारीपारी हुँदै मुग्लिन पारी भएर गैँडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्छ । यो धेरै महत्त्वको विषय हुन्छ । यसको बारेमा यसैपालि डिपिआर निर्माण गर्ने प्रस्तावसहित बजेटमा उल्लेख हुन सकोस् । म प्रस्ताव राख्न चाहन्छु ।’

उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताए । उनले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नु नपर्ने र प्रतिपक्षको सुझावहरूलाई समेटेर जाँदा राम्रो हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ