१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पञ्चायतकालको उद्योग बेचेर खाएपछि गलत गरेछौँ भन्ने सरकारलाई चेत आएछ : धवलशमशेर राणा

९ जेष्ठ २०८०, मंगलवार ०८:५५

जेठ ९, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नयाँ तथा पुराना उद्योग सञ्चालन गर्ने विषय सकारात्मक रहेको बताएका छन् । 

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले पञ्चायतकालको उद्योग बेचेर खाएपछि गलत गरेछौँ भन्ने सरकारलाई चेत आएछ भन्दै कटाक्ष गरे ।

सांसद राणाले भने, ‘बल्ल सरकारलाई चेत आएछ कि हामीले  पञ्चायतकालका उद्योगहरु बेचेर सिध्याएर खाएको गलत गरेका रहेछ भनेर बल्ल चेत आएछ र नयाँ र पुराना कारखानालाई ब्युँझाउने कुरा आयो ।’ 

सांसद राणाले सुकुम्वासी समस्या एउटा तमासा भएको टिप्पणी गरे । देशमा ३० वर्षदेखि राजनीतिक पार्टीहरुले कार्यकर्ता भर्ना गर्ने र आफ्ना कार्यकर्तालाई सुमसुम्याउने र थम्थम्याउँने काम भएको बताए । ३० वर्षमा देशमा ३६ वटा सुकुम्वासी आयोग बनेको भन्दै अझै तमासा गरिरहने भनी प्रश्न गरे । उनले यो वर्षदेखि सरकारले सुकुम्वासी समस्या बन्द गर्न आग्रह गरे । 

उनले विदेशी लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने वातावरण सहज नभएको भन्दै उनीहरुका लागि सहज वातावरण बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ