२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आईजीपी कुँवरलाई भेटेर के भने गृहमन्त्रीले ?

२०८०, १० जेष्ठ बुधबार ०७:१८

जेठ १०, काठमाडौँ | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग आज छलफल गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा कुँवरको नामसमेत विवादमा आइरहँदा गृहमन्त्रीले उनलाई भेटेका हुन् ।

स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठले ‘प्रहरी मुछिएको’ विषयमा गहिरो चासो राखेका थिए । अनुसन्धान प्रतिवेदनभित्रका सक्कल कागजातहरु अभियोगपत्र दायर नहुँदै सार्वजनिक भएको विषयमा उनले आईजीपीलाई प्रश्न गरेको स्रोतले बतायो । यस्तो कार्य गलत भएको भन्दै श्रेष्ठले सचेत गराएका थिए ।


गृहमन्त्रीसँग भेटेपछि आईजीपी कुँवरले उपत्यका प्रहरी कार्यालयका प्रमुख श्याम ज्ञवाली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीसहितका अधिकारीहरुसँग छलफल गरेका छन् । उनले पनि अनुसन्धानका कागजातहरु बाहिरिएको विषयमा असन्तुष्टि जनाएका थिए ।

आईजीपी कुँवरले नक्कली शरणार्थी प्रकरणका आरोपीहरुसँग भेटेको, पक्राउ परेकाहरुलाई यत्तिकै छोडेको, अनुसन्धानको फाइल घरमा लगेको जस्ता अपुष्ट कुराहरु सञ्चारमाध्यममा आइरहेका छन् । आईजीपी कुँवर भने आफूविरुद्ध सुनियोजित षडयन्त्र भइरहेको बताउँछन् ।

कुँवरले  भने, ‘म आईजीपी भएपछि नै मान्छे पक्राउ र अनुसन्धानको काम अगाडि बढेको स्पष्टै छ । त्यसैले अहिले बाहिर आएका विषयहरुमा कुनै सत्यता छैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्दै छ । यो प्रकरणमा १६ जना पक्राउ परेका छन् भने थप १४ जनालाई फरार प्रतिवादी बनाएर अभियोगपत्र दायर गर्न प्रहरीले राय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह