२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

३ महिनापछि सदन फर्किएका चन्द्र भण्डारीकाे आग्रह- सरकारकाे सहयोग अस्पताल निर्माणमा प्रयोग हाेस्

२०८०, १० जेष्ठ बुधबार ०९:३२

जेठ १०, काठमाडौँ | नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन् । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए । उनका लागि सभामुख देवराज घिमिरेले १२ मिनेट समय छुट्याएका थिए । उनलाई बसेर बोल्ने व्यवस्था मिलाइएको थियो । भण्डारीले अरु देशका भन्दा नेपालका स्वास्थ्यकर्मी र डाक्टरहरू कम नभएको अनुभव सुनाएका छन् ।


उनले भने, ‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् ।’

भण्डारीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । भारतबाट फर्किएपछि पत्रकार सम्मेलनमा उनले आधुनिक जलन उपचार केन्द्र निर्माणमा जोड दिँदै त्यसका लागि आफू नेतृत्व लिन तयार भएको बताएका थिए ।

भारतमा गएर जलनको उपचार गराएर फर्केपछि तीन महिनामा प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गरे । उनले भने, ‘छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ हेरे मलाई डाक्टरहरुले भन्नुभयो । विगतको तीन वर्षमा तीनजना मात्रै भेन्टिलेरमा गएर बाँचेका रहेछन् । म सौभाग्यले बाचेर आएर यहाँ बोल्न पाइरहेको छु ।’


उनले आफूले उपचार गराएका बाउछोराले चलाएको अस्पताल एसियाकै उत्कृष्ट गरेको उल्लेख गर्दै नेपालमा पनि कमी नरहेको बताए । उनले भने, ‘मैले प्रधानमन्त्रीलाई अनुरोध गरे हामीले एउटा हस्पिटल बनायौं भने एसियाको सबैभन्दा सबल हस्पिटल नेपाल बन्नसक्छ । यो अनुरोध प्रधानमन्त्रीलाई गर्ने अवसर पाएँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा