१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

३ महिनापछि सदन फर्किएका चन्द्र भण्डारीकाे आग्रह- सरकारकाे सहयोग अस्पताल निर्माणमा प्रयोग हाेस्

१० जेष्ठ २०८०, बुधबार ०९:३२

जेठ १०, काठमाडौँ | नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन् । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए । उनका लागि सभामुख देवराज घिमिरेले १२ मिनेट समय छुट्याएका थिए । उनलाई बसेर बोल्ने व्यवस्था मिलाइएको थियो । भण्डारीले अरु देशका भन्दा नेपालका स्वास्थ्यकर्मी र डाक्टरहरू कम नभएको अनुभव सुनाएका छन् ।


उनले भने, ‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् ।’

भण्डारीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । भारतबाट फर्किएपछि पत्रकार सम्मेलनमा उनले आधुनिक जलन उपचार केन्द्र निर्माणमा जोड दिँदै त्यसका लागि आफू नेतृत्व लिन तयार भएको बताएका थिए ।

भारतमा गएर जलनको उपचार गराएर फर्केपछि तीन महिनामा प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गरे । उनले भने, ‘छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ हेरे मलाई डाक्टरहरुले भन्नुभयो । विगतको तीन वर्षमा तीनजना मात्रै भेन्टिलेरमा गएर बाँचेका रहेछन् । म सौभाग्यले बाचेर आएर यहाँ बोल्न पाइरहेको छु ।’


उनले आफूले उपचार गराएका बाउछोराले चलाएको अस्पताल एसियाकै उत्कृष्ट गरेको उल्लेख गर्दै नेपालमा पनि कमी नरहेको बताए । उनले भने, ‘मैले प्रधानमन्त्रीलाई अनुरोध गरे हामीले एउटा हस्पिटल बनायौं भने एसियाको सबैभन्दा सबल हस्पिटल नेपाल बन्नसक्छ । यो अनुरोध प्रधानमन्त्रीलाई गर्ने अवसर पाएँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ