२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविप्रति रघुवीरको कटाक्ष– बच्नका लागि राति म्याउँम्याउँ गर्दै बालुवाटार गएको होइन ?

२०८०, १० जेष्ठ बुधबार १०:०२

जेठ १०, काठमाडौँ | एमाले सचिव तथा सांसद रघुवीर महासेठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफू जोगिनका लागि रातिराति बालुवाटार धाएको टिप्पणी गरेका छन् । संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महासेठले नयाँनयाँ साधु सन्तले धेरै खरानी घसेको समेत बताए ।

प्रतिनिधिसभाको बैठक सरू हुनेबित्तिकै विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने तर्क गरे। त्यतिमात्र होइन, उनले तीन दल खुसुरखुसर बसेकोमा रास्वपाले आशंका गर्दै आएको कुरा पनि उठाए। त्यसलाई नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले जवाफ फर्काए। नागरिकतामा कैफियत देखिएपछि सभापति लामिछाने बच्न बालुवाटारमा म्याउँम्याउँ गर्न पुगेको टिप्पणी गरे।

‘आज भर्खरै मात्र पनि मैले सुनें, भुटानी शरणार्थी प्रकरणबारे, जुन अहिले छानबिन भइरहेको छ, तीन पार्टीले बालुवाटारमा बसेर मिलाउनेगरी छलफल गर्दैछ। कुनकुन तीन पार्टी हुन्? उहाँले बोल्नु त भएन। यस्तायस्ता साथीहरू छन्, म भन्न चाहन्छु- तीन पार्टी होइन, रातिको समयमा तपाईंहरू पनि आफू बच्नका लागि कसरी बालुवाटारमा म्याउँम्याउँ गर्नु भएको थियो?,’ उनले भने।

तीन पार्टीलाई दोष देखाएर कोही निर्दोष नहुने महासेठको भनाइ छ । आज अरुको आलोचना गरेर आफू स्थापित हुन्छु भन्ने नसोचे पनि हुन्छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह