जेठ १०, काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले हप्ताको दुईदिन अष्ट्रेलिया उडान गर्ने भएको छ । त्यसका लागि निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय र स्लट पाएको छ।
सिड्नी उडानको लागि निगमले हप्तामा दुई दिनको समय पाएको हो । सिड्नी विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ ।
निगमले अब काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्ने भएको हो । यसका लागि थप प्रक्रिया भइरहेको बताइएको छ ।