जेठ ११, काठमाडौँ | आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।
बैठक बिहीवार बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा हलमा बस्नेछ ।
आजको बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय र नेपाल–भारत जलस्रोत सम्बन्धमा छलफल हुनेछ ।