असोज ११, बेसीशहर । पूर्वी लमजुङको एकमात्र राईनास नगरपालिकालाई गाउँपालिकामा घटुवा गरी प्रस्ताब भएकोमा बिरोध जनाउँदै स्थानीयले आन्दोलन शुरु गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ११, बेसीशहर । पूर्वी लमजुङको एकमात्र राईनास नगरपालिकालाई गाउँपालिकामा घटुवा गरी प्रस्ताब भएकोमा बिरोध जनाउँदै स्थानीयले आन्दोलन शुरु गरेका"/>

2026-09-08 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राईनास नगरपालिकालाई गाउँपालिकामा घटुवा गरी प्रस्ताब भएकोमा बिरोध (भिडियो)


असोज ११, बेसीशहर । पूर्वी लमजुङको एकमात्र राईनास नगरपालिकालाई गाउँपालिकामा घटुवा गरी प्रस्ताब भएकोमा बिरोध जनाउँदै स्थानीयले आन्दोलन शुरु गरेका छन् । राईनास सेवा समाजको अगुवाईमा भेला भएका नागरिकले आईतबार सदरमुकाम बेसीशहरमा बिरोध प्रर्दशन गरेका हुन् । 

जिल्लामा क्रियाशील राजनीतिक दलका उच्च नेतृत्व बिच बनेको नामाङ्कन र सिमाङकनको साझा धारणा, प्राबिधिक सहयोग समितिले तयार पारेको मुख्य प्रस्ताब र बैकल्पीक प्रस्ताबमा समेत राईनासलाई नगरपालिकाबाट गाउँपलिकामा घटुवा गरीएको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।

आन्दोलित स्थानीयले बजारमा प्रर्दशन गर्दै निमित्त स्थानीय बिकास अधिकारी खिमबहादुर बि।क।लाई ज्ञापन पत्र पेश गरे । ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष रबिन्द्र पन्तले राईनासलाई गाउँपालिकामा घटुवा गर्ने प्रस्ताब सच्याउन आग्रह गरे । स्थानीयले दिएको ज्ञापनपत्रलाई आफुले प्राबिधिक सहयोग समितिमा राख्ने आश्वासन दिए । उनले गाउँपालिका र नगरपालिकाको अन्तर खासै नहुने भएकाले संयमित हुन आग्रह गरेका थिए ।

कोणसभामा नेपाली काँग्रेसका पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, नेकपा एमालेका कार्यालय सचिब सिहंबहादुर थापा, नेकपा माओवादीका मेखबहादुर भण्डारीले राईनास सेवा समाजले थालेको अभियानमा ब्यक्तिगत समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।

यता महासचिब पन्थीले भने निर्णय नसच्याए आफु जिबिसकै गेटमा आमरण बस्न तयार रहेको बताए । ‘हामी माथी ठुलो अन्याय भएको छ, उनले भने,‘ यदी यो सच्चिएन भने म आमरण बस्नपनि तयार छु ।’

निकै आक्रोशित भएका स्थानीयहरु आन्दोलनमा सहभागि हुन साबिकका गाबिसहरु र काठमाडौंबाट समेत उपस्थित भएका थिए । ‘ यो हाम्रो मात्रै नभई हाम्रो पुस्ताको भबिष्यमाथी जोडिएको बिषय हो, राईनासलाई नगरपालिकानै कायम हुनपर्छ भन्ने बिषयमा निरन्तर आवाज उठाउँदै आईरहेकी पत्रकार एबं राईनास सेवा समाजकी कोषाध्यक्ष स्वस्तिका चिलुवालले नागरिकपत्रसँग भनिन, ‘ हामी राईनास नगरपालिका कायम गराउनका लागि जस्तोसुकै संघर्ष गर्नुपरेपनि तयार छौं । ’

राईनासका स्थानीयले प्राबिधिक सहयोग समिति र जिल्लामा क्रियाशील राजनीतिक दलहरुलाई समेत ज्ञापन पत्र बुझाएको छ । राईनास सेवा समाजका अध्यक्ष रबिन्द्र पन्त, महासचिब पदमराज पन्थी र उपाध्यक्ष सुमन ढकालले हस्ताक्षर गरेको बिज्ञप्तीमा निर्णय सच्याउन माग गरिएको छ । 

‘नगरपालिकालाई चाहिने मापदण्ड पुरा हुने क्रममा छ, बिज्ञप्तीमा भनिएको छ, ‘ ईञ्जीनियरिङ संस्थान पुल्चोक क्याम्पसबाट यहाँको सम्भावना समेटेर, प्रोफाईल तयार भएको छ, क्याम्पस चाँडैनै खुल्दैछन् ।’  बिकासको प्रचुर सम्भावनाको क्षेत्र भएपनि नगरपालिकालाई गाउँपालिका बनाएर राईनासवासीहरुलाई अन्याय गरेको बिज्ञप्तीमा भनिएको छ । 

आन्दोलनमा नेपाली काँग्रेसका महासमिति सदस्य डा।टकराज गुरुङ लगायतको उपस्थिति थियो ।

लमजुङमा नामाङ्कनमा खासै बिबाद नदेखिएपनि सिमाङ्कन र केन्द्र निर्धारणमा भने अझै बिबाद नै छ । जिल्लाका राजनीतिक दलहरुले प्राबिधिक सहयोग समितिमा सातवटा केन्द्र र नौवटा केन्द्रका लागि छुट्टाछुट्टै साझा खाका प्रस्ताब गरेको छ । 

दलबाट प्राप्त सो खाकालाई प्राबिधिक सहयोग समितिले हु–बहु प्रस्ताबित गर्दै पठाएको छ भने बिभिन्न केन्द्रबाट आएका ज्ञापनपत्र, डेलीगेसनलाई आधार मान्दै थप अर्को प्रस्ताब पनि केन्द्रमा पठाएको छ ।

प्राबिधिक सहयोग समितिले सातवटा केन्द्र निर्धारण हुने गरी तयार पारको खाकालाई मुख्य प्रस्ताब र अन्य दुईलाई बैकल्पीक प्रस्ताब भनेको छ । मुख्य प्रस्ताबमा तिन नगरपालिका र चार गाउँपालिका छन् ।

दल र प्राबिधिक सहयोग समिति दुबैले बनाएको खाका राईनासलाई गाउँपालिकामा राखिएपछि राईनास क्षेत्रका स्थानीयवासी आन्दोलित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो