जेठ १२, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन लागेका हुन् ।
आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति, तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने सम्भावित कार्यसूचीमा रहेको संसद् सचिवालय जनाएको छ ।
प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ। सरकारले यहि जेठ १५ गते आर्थिक वर्षको बजेट ल्याउँदैछ ।