२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली शरणार्थी प्रकरण : आज दुई जना अभियुक्तको मात्रै बयान हुने

२०८०, १२ जेष्ठ शुक्रबार ०७:१०

जेठ १२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (शुक्रवार)बाट काठमाडौं जिल्ला अदालतमा अभियुक्तको बयान शुरू हुँदैछ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरूको बयान शुरू हुन लागेको हो । 

जिल्ला अदालत स्रोतका अनुसार आज दुई जनाको मात्रै बयान हुने छ । पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट शुरू गर्न लागिएको हो । उनको बयान केही बेरमा शुरू हुँदै छ । त्यसपछि आजै सानु भण्डारीको बयान लिइने छ ।

अदालत स्रोतका अनुसार आज दुई जनाको मात्रै बयान हुने भएपछि अन्य अभियुक्तलाई हिरासत फिर्ता लगिएको छ । यसअघि सबै अभियुक्तलाई अदालतमा उपस्थित गराइएको थियो । प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।

प्रकरणमा जोडिएका पूर्वउपप्रधान र पूर्वगृहमन्त्रीसहित १६ जनालाई पक्राउ गरेको छ । १४ जना भने फरार छन् । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह