२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पशुपतिको जलहरीको विषयलाई लिएर एमालेले गर्‍यो संसद अवरुद्ध

२०८०, १२ जेष्ठ शुक्रबार ०७:१९

जेठ १२, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पशुपतिनाथको मन्दिरमा रहेको जलहरी सुनको हो वा पित्तलको हो भन्ने बारेमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । शुक्रबार साढे १२ बजे बसेको प्रतिनिधिसभा बैठकको सूरुमै एमाले सांसदहरु आसनबाट उठेका थिए । सभामुखले प्रमुख पदम गिरीलाई बोल्न समय दिएपछि उनले जेठ १० गतेको बैठकमा सत्ता पक्षकै सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउने काममा भष्टाचार गरेको आरोप लगाएको बताए । सांसद दाहालले त्यहाँ सुन भनेर पित्तल लगाएको भनेर बिना तथ्यको अरोप लगाएको गिरीले बताए । उनले बिना प्रमाण बिना तथ्य आरोप लगाउने कामको एमालेले निन्दा र भत्सना गर्ने बताए ।


उनले भने– ‘विगतका अनेक भष्टाचारका फाइलहरु खोजौँ, एक एक गरेर भष्टाचारीलाई कारवाही गरौँ, जनतामा नयाँ उत्साह भर्ने काम गरौँ, त्यो जिम्मेवारीबाट हामी पन्छिन मिल्दैन । तर पछिल्लो समय हामी देख्दैछौँ, संसारमा प्रतिपक्षले सत्तापक्षलाई विभिन्न प्रश्नहरु औंल्याउने गर्छ, यहाँ त दुर्भाग्य के छ भने सभामुख महोदय बिनाआधार, बिना प्रमाण सत्तापक्षका माननीयज्यूहरुले प्रमुख प्रतिपक्षी दलहरुलाई इङ्गित गरी भष्टा

उनले पशुपतिको जलहरीमा लगाएको सुन हो कि पित्तल हो सरकारले संसदलाई जवाफ दिनुपर्ने बताए । सो को जवाफ नपदउञ्जेलसम्म सदन अगाडि बढाउन नदिने चेतावनी दिए । उनले दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाउन पनि उनले आग्रह गरे । सभामुखले नीति तथा कार्यक्रमको छलफल अन्तिमतिर पुगेको आग्रह गर्दापनि एमालेले बैठक अवरुद्ध गरेको छ ।  गिरीपछि बोलेका पूर्व सभामुख सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दलका नेतालाई सत्ता पक्षका सांसदले गम्भीर आरोप लगाएको भन्दै यस्तो गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी संसदमा बस्छौँ भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह