१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पशुपतिको जलहरीको विषयलाई लिएर एमालेले गर्‍यो संसद अवरुद्ध

१२ जेष्ठ २०८०, शुक्रबार ०७:१९

जेठ १२, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पशुपतिनाथको मन्दिरमा रहेको जलहरी सुनको हो वा पित्तलको हो भन्ने बारेमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । शुक्रबार साढे १२ बजे बसेको प्रतिनिधिसभा बैठकको सूरुमै एमाले सांसदहरु आसनबाट उठेका थिए । सभामुखले प्रमुख पदम गिरीलाई बोल्न समय दिएपछि उनले जेठ १० गतेको बैठकमा सत्ता पक्षकै सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउने काममा भष्टाचार गरेको आरोप लगाएको बताए । सांसद दाहालले त्यहाँ सुन भनेर पित्तल लगाएको भनेर बिना तथ्यको अरोप लगाएको गिरीले बताए । उनले बिना प्रमाण बिना तथ्य आरोप लगाउने कामको एमालेले निन्दा र भत्सना गर्ने बताए ।


उनले भने– ‘विगतका अनेक भष्टाचारका फाइलहरु खोजौँ, एक एक गरेर भष्टाचारीलाई कारवाही गरौँ, जनतामा नयाँ उत्साह भर्ने काम गरौँ, त्यो जिम्मेवारीबाट हामी पन्छिन मिल्दैन । तर पछिल्लो समय हामी देख्दैछौँ, संसारमा प्रतिपक्षले सत्तापक्षलाई विभिन्न प्रश्नहरु औंल्याउने गर्छ, यहाँ त दुर्भाग्य के छ भने सभामुख महोदय बिनाआधार, बिना प्रमाण सत्तापक्षका माननीयज्यूहरुले प्रमुख प्रतिपक्षी दलहरुलाई इङ्गित गरी भष्टा

उनले पशुपतिको जलहरीमा लगाएको सुन हो कि पित्तल हो सरकारले संसदलाई जवाफ दिनुपर्ने बताए । सो को जवाफ नपदउञ्जेलसम्म सदन अगाडि बढाउन नदिने चेतावनी दिए । उनले दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाउन पनि उनले आग्रह गरे । सभामुखले नीति तथा कार्यक्रमको छलफल अन्तिमतिर पुगेको आग्रह गर्दापनि एमालेले बैठक अवरुद्ध गरेको छ ।  गिरीपछि बोलेका पूर्व सभामुख सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दलका नेतालाई सत्ता पक्षका सांसदले गम्भीर आरोप लगाएको भन्दै यस्तो गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी संसदमा बस्छौँ भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट