१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेले संसद अवरुद्ध गर्नुको पृष्ठभूमि : के भनेका थिए सांसद दाहालले ?

१२ जेष्ठ २०८०, शुक्रबार ०८:०६

जेठ १२, काठमाडौँ | शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । सत्ता पक्षकै सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले आपत्ति जनाएको थियो । जेठ १० गते बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको उल्लेख गरेका थिए । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपालको बैदेशिक ऋण ७ खर्बबाट १७ खर्ब कसरी पुग्यो भन्दै प्रश्न गरेका थिए भने पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भन्दै पित्तल लगाएर भष्टाचार गरेको आरोप लगाएका थिए । 


एमाले प्रमुख सचेतक पदम गिरीले सो आरोप सरकारले पुष्टि गर्नुपर्ने र त्यसबारे जवाफ दिनुपर्ने माग गरेका छन् । अन्यथा माफी माग्नुपर्ने र सांसद दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाउन पनि एमालेको माग छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा भष्टाचारका बिषयमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले सभामुखको अगाडि पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरे । त्यसपछि सभामुखले २० मिनेटका लागि स्थगित भएको बैठक अझै सुचारु हुन सकेको छैन । 

के भनेका थिए सांसद लेखनाथ दाहालले ? 

‘गएको ३ वर्ष उहाँ सरकारमा जाँदा ७ खर्ब ऋण थियो भने सरकार छोड्दा १७ खर्ब ऋण कसरी पुग्यो । यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्दा उहाँ सरकारमा छँदा कति भ्रष्टाचार काण्ड आए । यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको २ अर्बको भष्टाचार । त्यतिमात्र हैन पशुपतिनाथमा जलहरी लगाउँदा पनि सुन भनेर पित्तल लगाइदिएको सयौँ यस्ता भ्रष्टाचारका काण्ड छन् । आफू सरकारमा हुँदा जे गर्न सकिएन, त्यो अहिलेको सरकारले गर्दैछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग