जेठ १३, काठमाडौं | जनमत पार्टीले आज जनप्रतिनिधि समन्वय समितिको बैठक बस्ने भएको छ। बैठकमा स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित वडाअध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखहरूको उपस्थिति रहने पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । बैठकमा पार्टीको अवधारणाअनुरुप आगामी नीति तथा कार्यक्रमको खाका कोर्ने र स्थानीय बजेटमा समावेश गर्न सुझाव दिइने बताएको छन् |
बैठकमा स्थानीय तहका प्रतिनिधिले गरेका कामको पनि समीक्षा हुने र सो अनुरुप अगामी कार्यकालको यात्र तय गर्ने बताए ।