१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापबाट बनेपा जान बस चढेकी किशोरीलाई काठमाडौं ल्याएर चालकले गरे बलात्कार

१४ जेष्ठ २०८०, आईतवार ०७:०९

जेठ १४, काठमाडौँ | रामेछापबाट बनेपा जान भनेर बस चढेकी एक किशोरी बलात्कृत भएकी छन्। बलात्कार आरोपमा प्रहरीले बसका चालकलाई पक्राउ गरेर मुद्दा समेत दर्ता गरिसकेको छ। 

घटना वैशाख १८ गतेको हो। रामेछापको बन्दीपुरबाट आफ्ना बाबु डेरा लिएर बस्दै आएको बनेपा जान भनेर एक किशोरी बस चढेकी थिइन्। तर राति अबेरसम्म पनि छोरी नआएपछि उनका बाबुले प्रहरीमा उजुरी समेत दिएका थिए। 

त्यसपछि खोजतलासमा जुटेको प्रहरीले हुलियाको आधारमा भोलिपल्ट १९ गते कोटेश्वरमा ती किशोरीलाई भेटेको थियो। सोधपुछको क्रममा ती किशोरीले आफूमाथि बलात्कार भएको बताइन्। बन्दीपुरबाट काठमाडौं आउँदा चढेको बा ३ ख २१३७ नम्बरको बसका चालक ३० वर्षीय कुमार कसाइले बलात्कार गरेको बताएपछि प्रहरीले चालकलाई पक्राउ गरेको थियो। 

ती किशोरीलाई चालकले बनेपामा ओर्लन खोज्दा कोटेश्वर जडिबुटीसम्म जाउँ, तिमीलाई ट्याक्सीमा पठाइदिन्छु भन्दै फकाएर कोटेश्वर पुर्‍याएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। जडिबुटी ल्याएर २ घण्टासम्म गाडीमै राखेपछि चालकले ‘रात पर्‍यो, आज यतै बस्नुपर्छ’ भन्दै होटलमा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। 

कोटेश्वरको बिहानी गेस्टहाउसमा राखेर ती किशोरीलाई चालक कसाईले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  बलात्कार आरोपमा पक्राउ परेका कसाइविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ को कसुर गरेको भन्दै सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट