१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले-माओवादीको लहलहैमा देउवा लागे, पार्टीको उपचारमा लाग्दा महामन्त्री पद गए जाओस्: गगन थापा

१५ जेष्ठ २०८०, सोमबार ०८:००

जेठ १५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जलहरी प्रकरणमा एमाले र माओवादीको लहलहैमा पार्टी सभापति शेरबहादुर देउवा लागेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदीय व्यवस्थामा पार्टीका नेताहरु उभिन नसकेको टिप्पणी गरे ।


उनले भने, ‘एकजना सांसदले संसदमा पशुपतिको जलहरीको सन्दर्भमा एउटा विषय उठाउनुभयो । पशुपतिको जलहरीको विषयमा अनुसन्धान भइरहेको छ, टुंगिएला । पशुपतिको जलहरीको विषयमा संसदमा बोल्न पाइन्थ्यो कि पाइँदैनथ्यो छलफलको विषय बन्ला । तर, संसदको एउटा नियम छ ।’

माओवादी संसदीय व्यवस्था नै सुरुदेखि राख्न नचाहेको पार्टी भन्दै उनले एमालेले संविधानविपरीत संसद विघटन गरेको स्मरण गरे ।

उनले भने, ‘एमाले र माओवादीको लहलहैमा लागेर कांग्रेसका नेताले संसदभन्दा बाहिर बसेर संसदमा त्यो नेताले बोलेको कुरा हटाइदिने भन्यो भने अब मैले सांसदको रुपमा बोल्ने कि नबोल्ने ? मैले बोलेको कुरा चित्त बुझेन भने तीन नेताले हटाइदिने भए ।’

उनले अब पार्टीको गलत निर्णय गर्नबाट पार्टीलाई सच्याउन सकिए कांग्रेसको वेगलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

महामन्त्री थापाले भने, ‘नयाँ पुराना कोहीसँग डराउन पर्दैन । तर, पार्टीमा जहाँ रोग लागेको छ, त्यहाँ उपचार गर्नुपर्छ । पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ । मेरो महामन्त्री पद गए पनि जाओस्, म कांग्रेस कार्यकर्तामात्रै भएर बस्न परे बस्न तयार छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट