१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी आह्वान

१६ जेष्ठ २०८०, मंगलवार ०६:२०

जेठ १६, काठमाडौँ | संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान भएको छ ।सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ ।

यसपटक बेनामे उजुरी दिन पाइने छैन । पहिले बेनामे उजुरी पनि दिन पाइन्थ्यो । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नने छ भने बेनामे उजुरीमाथि छानबिन हुने छैन । कार्कीको व्यक्तिगत विवरणसमेत समिति सदस्यहरुलाई प्रदान गरिएको छ ।

समितिका ज्येष्ठ सदस्य  पशुपतिशम्शेर जबराले बैठकका निर्णय सुनाउँदै प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीको नाम संसदीय सुनुवाइको लागि समितिसमक्ष वैशाख २७ गते पत्र प्राप्त भएको भन्दै कार्कीको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्न सचिवालयलाई निर्देशन दिए ।

कामु प्रधानन्यायाधीश गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस भएका थिए । सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते संसद् सचिवालयलाई जानकारी गराइएको थियो । कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा का.मु.प्रधान न्यायाधीशको रूपमा  कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट