१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मदिरा, चाउचाउ र कुरकुरे लगायतमा बढ्यो अन्तःशुल्क, कुनमा कति ?

१६ जेष्ठ २०८०, मंगलवार ०७:३८

जेठ १६, काठमाडौँ | सरकारले विदेशबाट आयात हुने विभिन्न बस्तुमा अन्तःशुल्क वृद्धि गरेको छ । आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दर परिवर्तन गरेको हो ।

लेज, चिज, कुरकुरे र कुरमुरेमा प्रतिकिलो २० प्रतिशत अन्तःशुल्क पुर्‍याइएको छ । यसभन्दा पहिले १७ प्रतिशत लाग्दै आएको थियो । आलु चिप्सको १७ बाट १८ बनाइएको छ ।

नुडल्स र पास्तालगायत १७ बाट २० रुपैयाँ अन्तःशुल्क पुगेको छ ।

अंगुरको रस, स्याउको रस, आँपको रस, अरेन्ज जुस, भूइँकटहरको जुस र टमाटो जुस लगायतका लगायत वस्तुमा प्रतिलिटर १३ रुपैयाँ अन्तःशुल्क पुगेको छ । यसभन्दा अघि यस्ता बस्तुमा ११ रुपैयाँ लाग्दै आएको थियो ।

गुट्खाको अन्तःशुल्क ३ सय ६५ पुगेको छ । हाल ३ सय ५० रुपैयाँ प्रतिकेजी वृद्धि भएको हो ।

मार्बल र भवन बनाउन प्रयोग हुने ढुंगामा पनि ५ प्रतिशत वृद्धि भएको छ । अब १५ प्रतिशत पुगेको छ ।

मदिरामा कति बढ्यो ?

८० देखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर ५ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा ३० वृद्धि भएर ३५ पुगेको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थको अन्तःशुल्क वृद्धि भएको छ । प्रतिलिटर ७ रुपैयाँ वृद्धि भएर २ सय ३५ रुपैयाँ पुगेको छ ।

४८.५ प्रतिशत अल्कोहल भएको पन्ध्र यु पी शक्तिको तयारी मदिरामा ५० रुपैयाँ वृद्धि गरेर १ हजार ८ सय पुगेको छ ।

रम र मदिरा, ह्विस्कीको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटको प्रतिलिटर ७ रुपैयाँले वृद्धि भएर २ सय ३५ पुगेको छ ।

सुर्ती मिश्रित खैनी, नस, गुट्खा, जर्दा, र निकोटिनयुक्त पान मसलाको प्रतिकेजी १९ रुपैयाँ अन्तःशुल्क वृद्धि भएको छ । अब प्रतिकेजी ८ सय २१ अन्तःशुल्क लग्ने भएको हो ।

चिनी र सख्खरको भन्सार शुल्क घटेको छ । ४० प्रतिशत लाग्दै आएकोमा अब ३० प्रतिशत कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट