जेठ १६, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण"/>
जेठ १६, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेटमा कतै भ्रष्टाचार पुष्टि भए आफूले मन्त्री पद नै छाड्ने बताएका छन् । आज अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पत्रकारले विद्युतीय साना किलोवाटका गाडीमा कर वृद्धि गरेको प्रश्नमा मन्त्रीले यस्ताे बताए । ‘बजेट देश विकासका लागि बनेको छ । देशको विकासमा बजेट किन्द्रित छ । मैले बजेट निर्माणमा कुनै नीतिगत भ्रष्टाचार गरेको पुष्टि भए मन्त्री छोड्छु’, मन्त्री महतले भने, ‘राजस्व नीति तर्जुमा गर्दा कुनै व्यक्ति र व्यावसायिक समूहलाई फाइदा पुग्ने काम भएको छैन । व्यक्तिगत रुपमा कसैलाई लाभ पुग्ने गरी करका दर हेरफेर पनि भएका छैन ।’ मन्त्रीले विद्युतीय गाडी विक्रेताले धेरै नाफा खाएको समेत बताए । अब विद्युतीय गाडीको बिक्रीको नाफामा पनि हेर्नुपर्ने बेला आएको उनको भनाइ छ । यो बजेटको मुख्य पक्ष भनेको पूँजीगत खर्चमा देखिएको समस्या हटाएर बजेट प्रणालीमा सुधार र कार्यान्वयन प्रक्रियालाई प्रभावकारी रहेको बताए । उनले भने, ‘साधारण खर्चमा पनि पूँजीगत बजेटको निकै ठूलो हिस्सा छ । शीर्षकगत रुपमा पूँजीगत बजेट तीन खर्ब दुई अर्बको भए पनि वास्तविक पूँजीगत खर्च ४ खर्ब ७१ अर्ब बराबर हुन् ।’ विद्युतीय गाडीको कर कति वृद्धि भएको छ ? ५० किलोवाटसम्मको विद्युतीय गाडीमा १० प्रतिशत भन्सार शुल्क लाग्ने भएको छ । यसभन्दा पहिले सरकारले १ सय किलोवाटसम्मकै सवारीलाई १० प्रतिशत मात्रै भन्सार महसुल उठाइरहेको थियो । त्यस्तै, ५० देखि १ सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार तोकिएको छ भने १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । १ सय देखि २ सय किलोवाट क्षमतासम्मका सवारीमा २०/२० प्रतिशत भन्सार र अन्तशुल्क दर तोकिएको छ । यसअघि ३० भन्सार र ३० प्रतिशत अन्तशुल्क थियो । १ सयदेखि २ सय किलोवाटका गाडीमा अन्तशुल्क र कर गरी १० प्रतिशत घटेको छ । त्यस्तै, २ सयदेखि ३ सय किलोवाटका विद्युतीय गाडीलाई भन्सार शुल्क ४० प्रतिशत तोकिएको छ । यसभन्दा पहिले ४५ प्रतिशत थियो । ५ प्रतिशतले घटेको हो । अन्तशुल्क भने ४५ प्रतिशत नै रहेको छ । ३ सय किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीमा भन्सार ८० प्रतिशत पुगेको छ । यसअघि ६० प्रतिशत थियो ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
बजेटमा नीतिगत भ्रष्टाचार भएको पुष्टि भए मन्त्री छोड्छु : अर्थमन्त्री महत
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार