२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वैदेशिक रोजगारीमा जानेलाई बजेटमा के–के छ सुविधा ?

२०८०, १६ जेष्ठ मंगलवार ११:२९

जेठ १६, काठमाडौँ | वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूले जुनसुकै आकारको टेलिभिजन ल्याउँदा भन्सार नलाग्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुल नलाग्ने घोषणा गरेको हो । 

आर्थिक विधेयक मार्फत सरकारले उक्त घोषणा गरेको हो । लगातार कम्तीमा १२ महिना काम गरी फर्केको यात्रु सामाजिक सुरक्षा कोषमा आबद्ध भएको हकमा जुनसुकै आकार र प्रकारको टेलिभिजन ल्याउन पाउनेछन् । 

उक्त कोषमा सूचीकृत नभएकाहरूको हकमा ३२ इन्चसम्मको एक थान टेलिभिजन ल्याउन पाइनेछ । यस्तो खालको सुविधा एक पटकको लागि पाइनेछ । 

त्यस्तै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई फर्केको नेपालीले आफूले प्रयोग गर्दै आएको बाहेक एक थान थप मोबाइल ल्याउन पाउनेछन् । त्यसका लागि श्रम स्वीकृति लिई ५ महिना काम गरी फर्केको हुनुपर्नेछ । 

सुन तथा सुनका गहना 

विदेशबाट फर्किने यात्रुले सुन ल्याउँदा प्रचलित कानुन बमोजिम ल्याउन पाइनेछ । 

सुनको हकमा ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म ल्याउँदा थप ३ प्रतिशत महसुल लाग्नेछ । त्यस्तै सुनको गहनाका लागि पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्ने छैन । 

त्यो भन्दा थप १०० ग्रामसम्म थप महसुल लाग्नेछ । त्यसमा पनि थप १०० ग्रामसम्म सुनका गहनामा महसुलको अतिरिक्त थप ३ प्रतिशत लाग्नेछ । तर, सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा, औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई सामान्य प्रयोजनका लागि मान्यता नदिइने आर्थिक विधेयकमा उल्लेख गरिएको छ । 

त्यो भन्दा बढी परिणाममा सुन तथा सुनका गहना ल्याएमा बढी भएको परिणाम जति जफत गरिनेछ । 

विदेशी यात्रुले पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनको गहना र १०० ग्रामसम्म चाँदीका गहना ल्याउन पाइनेछ । त्यो भन्दा बढीको सुन तथा चाँदीका गहनापछि फिर्ता लैजाने गरी भन्सार बिन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी उक्त गहनाको मूल्यका २० प्रतिशत रकम धरौटी राखी ल्याउन दिइनेछ ।

त्यसरी ल्याएको गहना निज यात्रु फर्कँदा भन्सार विन्दुमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछन् । त्यसरी परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सार ऐन, २०६४ बमोजिम कारबाही हुनेछ । 

भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्वप्रयोजनका लागि ल्याउने गहना आफू फर्कँदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्नेछन् । 

वैदेशिक रोजगार सेवा शुल्क  

त्यस्तै वैदेशिक रोजगार सेवा शुल्क लाग्नेछ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क लाग्नेछ । त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिनेछ ।  

वैदेशिक रोजगार वा शैक्षिक परामर्श सेवा व्यवसाय गर्ने व्यक्तिलाई छुट दिइनेछ । वैदेशिक रोजगार वा शैक्षिक परामर्श सेवा व्यवसाय गर्ने व्यक्तिले स्वदेश तथा विदेशबाट प्राप्त वास्तविक आय घोषणा नगरेको वा वास्तविक कर दाखिला नगरेको भए त्यस्तो आय घोषणा गरी २०८० को चैत मसान्तभित्र सोमा लाग्ने आयकर दाखिल गरेमा शुल्क तथा ब्याज मिनाहा गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा