१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

१७ जेष्ठ २०८०, बुधबार ०३:०५

जेठ १७, काठमाडौँ | सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । 

समितिले आज सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । यही जेठ २६ गते कार्यालय समयभित्र इमेलबाट वा सोझै समितिमा आई सूचना वा उजुरी दिन सकिने समितिले जनाएको छ । 

सूचनादाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्टरूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राखिने समितिद्वारा प्रकाशित सूचनामा उल्लेख छ । समितिको मङ्गलबार बसेको बैठकले कार्कीको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । बैठकले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको थियो ।

गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश पद करिब १५ महिनादेखि रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट