२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा सन्तोष राजावादीसहित ९ पक्राउ

२०८०, १७ जेष्ठ बुधबार ०९:०४

जेठ १७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

आफूलाई सन्तोष राजावादी बनाउने व्यक्तिसहित उनको समूहका ९ जनालाई प्रहरी वृत्त, सिंहदरबारले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सिताराम रिजालले बताए ।

उनले  भने, ‘अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएर राखेका छौं, मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय भइसकेका छैन ।’

भारतको नयाँ संसद्मा नेपालको भूमि समेत समेटेर नक्सा राखिएको विरोधमा नेता साध्यबहादुर भण्डारीले बुधबार अनामनगरमा अन्तरक्रिया कार्यक्रम राखेका थिए । कार्यक्रममा नेता खनालसहित वामदेव गौतम, सीपी मैनाली, सीपी गजुरेल लगायत उपस्थित थिए ।

कार्यक्रम चलिरहेका बेला सन्तोषसहितका व्यक्तिहरु युवाले पनि बोल्न पाउनुपर्छ भन्दै हुलहुलहुज्जत गर्दै स्टेजतर्फ गएका थिए । त्यसक्रममा उद्घोषसँग माइक लिएर सन्तोषले राजतन्त्रको पक्षमा भाषण गरेका थिए । त्यसक्रममा उनका समर्थकहरुले तोडफोड र नेता खनालविरुद्ध नारावाजी समेत गरेका थिए ।

पछि त्यहाँ उपस्थित नेताहरुका निजी सुरक्षा अधिकृतहरुले सन्तोषसहितका युवालाई बाहिर निकालेका थिए । उनीहरुलाई निकालेपछि प्रहरी वृत्त, सिंहदरबारको जिम्मा लगाइएको थियो ।

नेकपा एकीकृत समाजवादीले बुधबार प्रेस विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह