१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा सन्तोष राजावादीसहित ९ पक्राउ

१७ जेष्ठ २०८०, बुधबार ०९:०४

जेठ १७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

आफूलाई सन्तोष राजावादी बनाउने व्यक्तिसहित उनको समूहका ९ जनालाई प्रहरी वृत्त, सिंहदरबारले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सिताराम रिजालले बताए ।

उनले  भने, ‘अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएर राखेका छौं, मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय भइसकेका छैन ।’

भारतको नयाँ संसद्मा नेपालको भूमि समेत समेटेर नक्सा राखिएको विरोधमा नेता साध्यबहादुर भण्डारीले बुधबार अनामनगरमा अन्तरक्रिया कार्यक्रम राखेका थिए । कार्यक्रममा नेता खनालसहित वामदेव गौतम, सीपी मैनाली, सीपी गजुरेल लगायत उपस्थित थिए ।

कार्यक्रम चलिरहेका बेला सन्तोषसहितका व्यक्तिहरु युवाले पनि बोल्न पाउनुपर्छ भन्दै हुलहुलहुज्जत गर्दै स्टेजतर्फ गएका थिए । त्यसक्रममा उद्घोषसँग माइक लिएर सन्तोषले राजतन्त्रको पक्षमा भाषण गरेका थिए । त्यसक्रममा उनका समर्थकहरुले तोडफोड र नेता खनालविरुद्ध नारावाजी समेत गरेका थिए ।

पछि त्यहाँ उपस्थित नेताहरुका निजी सुरक्षा अधिकृतहरुले सन्तोषसहितका युवालाई बाहिर निकालेका थिए । उनीहरुलाई निकालेपछि प्रहरी वृत्त, सिंहदरबारको जिम्मा लगाइएको थियो ।

नेकपा एकीकृत समाजवादीले बुधबार प्रेस विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट