२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मनिषा कोइरालाले राष्ट्रपतिलाई किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

२०८०, १७ जेष्ठ बुधबार ०९:२५

जेठ १७, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको छ । भारतलाई रिझाउनका लागि सरकारले दलाली चरित्र देखाएको धेरैले टिप्पणी गरेका छन् ।

भारतको अत्यधिक चासो रहेको विधेयक यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएकी थिइन् । नागरिकता विधेयक प्रमाणीकरणपछि राष्ट्रपति पौडेल विवादित बनेका छन्। उनलाई विभिन्न व्यक्तिहरूले आलोचना गरिरहेका छन्। कतिपयले ‘भारतको भिसा प्राप्त गर्न’ प्रधानमन्त्रीले नागरिकता विधेयकको सौदाबाजी गरेको बताएका छन् ।

नेकपा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरणको सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । राजनीतिक टिप्पणीहरु कमै गर्ने अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रपति पौडेलसँग क्षुब्ध देखिएकी छन् । उनले राष्ट्रपतिलाई नयाँ लेन्डुप दोर्जेको संज्ञा दिएकी छन् । 

बुधबार ट्वीट  गर्दै बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्। अभिनेत्री कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेललाई लेन्डुप दोर्जेको संज्ञा दिएका हुन्। ट्वीट गर्दै उनले लेखेकी छन्, ‘उहाँलाई यो कुर्सी दिइएको थियो भन्ने सोच्न कठिन छैन । लेन्डुप दोर्जेको याद आयो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह