१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मनिषा कोइरालाले राष्ट्रपतिलाई किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

१७ जेष्ठ २०८०, बुधबार ०९:२५

जेठ १७, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको छ । भारतलाई रिझाउनका लागि सरकारले दलाली चरित्र देखाएको धेरैले टिप्पणी गरेका छन् ।

भारतको अत्यधिक चासो रहेको विधेयक यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएकी थिइन् । नागरिकता विधेयक प्रमाणीकरणपछि राष्ट्रपति पौडेल विवादित बनेका छन्। उनलाई विभिन्न व्यक्तिहरूले आलोचना गरिरहेका छन्। कतिपयले ‘भारतको भिसा प्राप्त गर्न’ प्रधानमन्त्रीले नागरिकता विधेयकको सौदाबाजी गरेको बताएका छन् ।

नेकपा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरणको सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । राजनीतिक टिप्पणीहरु कमै गर्ने अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रपति पौडेलसँग क्षुब्ध देखिएकी छन् । उनले राष्ट्रपतिलाई नयाँ लेन्डुप दोर्जेको संज्ञा दिएकी छन् । 

बुधबार ट्वीट  गर्दै बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्। अभिनेत्री कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेललाई लेन्डुप दोर्जेको संज्ञा दिएका हुन्। ट्वीट गर्दै उनले लेखेकी छन्, ‘उहाँलाई यो कुर्सी दिइएको थियो भन्ने सोच्न कठिन छैन । लेन्डुप दोर्जेको याद आयो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट