२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पोल्यान्डमा कामदार लैजाने भन्दै नेपालमा सेमिनार गर्न आएका दुई विदेशीसँग २ लाख रुपैयाँ धरौटी माग

२०८०, १७ जेष्ठ बुधबार ११:४४

जेठ १७,  काठमाडौँ | नेपालमा सेमिनार गर्न आएका दुई जना विदेशीसँग २–२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । पोल्यान्डमा वर्किङ भिसामा कामदार लैजाने भन्दै त्यसका लागि सेमिनार गर्न काठमाडौँ आएका दुई जनालाई वैदेशिक रोजगार विभागले नियन्त्रणमा लिएको थियो। 

धरौटी मागेर उनीहरूलाई रसियन दूतावासको जिम्मा लगाइएको विभागले जनाएको छ। थप अनुसन्धानको क्रममा केही खुलेमा कारबाही गरिने नत्र रिहा गरिने विभागका अनुसन्धान अधिकृत केदार अधिकारीले बताए। 

पोल्यान्डमा लैजाने भन्दै काठमाडौँमा बिना अनुमति अभिमुखीकरण गर्ने दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएडोसिक पक्राउ परेका थिए।  गत जेठ ६ गते शनिवार पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण गरिरहेको अवस्थामा प्रहरीको सहयोगमा विभागले नियन्त्रणमा लिएको थियो।

उनीहरूले पोल्यान्ड लैजाने भन्दै एक जना पीडितले विभागमा उजुरी दिन खोजेका थिए। पछि लगेको २ लाख रुपैयाँ फिर्ता गरेको भन्दै उजुरी दिनबाट पछि हटेका थिए।  हालसम्म उनीहरू विरुद्ध कुनै ठोस प्रमाण फेला नपरेको भन्दै धरौटीमा रसियन दूतावासको जिम्मा लगाइएको अनुसन्धान अधिकृत अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह