१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पोल्यान्डमा कामदार लैजाने भन्दै नेपालमा सेमिनार गर्न आएका दुई विदेशीसँग २ लाख रुपैयाँ धरौटी माग

१७ जेष्ठ २०८०, बुधबार ११:४४

जेठ १७,  काठमाडौँ | नेपालमा सेमिनार गर्न आएका दुई जना विदेशीसँग २–२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । पोल्यान्डमा वर्किङ भिसामा कामदार लैजाने भन्दै त्यसका लागि सेमिनार गर्न काठमाडौँ आएका दुई जनालाई वैदेशिक रोजगार विभागले नियन्त्रणमा लिएको थियो। 

धरौटी मागेर उनीहरूलाई रसियन दूतावासको जिम्मा लगाइएको विभागले जनाएको छ। थप अनुसन्धानको क्रममा केही खुलेमा कारबाही गरिने नत्र रिहा गरिने विभागका अनुसन्धान अधिकृत केदार अधिकारीले बताए। 

पोल्यान्डमा लैजाने भन्दै काठमाडौँमा बिना अनुमति अभिमुखीकरण गर्ने दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएडोसिक पक्राउ परेका थिए।  गत जेठ ६ गते शनिवार पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण गरिरहेको अवस्थामा प्रहरीको सहयोगमा विभागले नियन्त्रणमा लिएको थियो।

उनीहरूले पोल्यान्ड लैजाने भन्दै एक जना पीडितले विभागमा उजुरी दिन खोजेका थिए। पछि लगेको २ लाख रुपैयाँ फिर्ता गरेको भन्दै उजुरी दिनबाट पछि हटेका थिए।  हालसम्म उनीहरू विरुद्ध कुनै ठोस प्रमाण फेला नपरेको भन्दै धरौटीमा रसियन दूतावासको जिम्मा लगाइएको अनुसन्धान अधिकृत अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट