१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दीपकराजको कटाक्ष- चलचित्र क्षेत्रलाई सरकारले केही दिएन रे ? विकास बोर्डको अध्यक्ष दियो त

१८ जेष्ठ २०८०, बिहीबार ०९:५५

जेठ १८, काठमाडौँ | राजनीतिकदेखि समसामयिक विषयमा कटाक्ष गर्न माहिर मानिन्छन्, अभिनेता दीपकराज गिरी । बेलाबेला विभिन्न विषयलाई लिएर उनले सामाजिक सञ्जालमा कटाक्ष गर्ने गरेका छन् । यसपटक पनि उनले वर्तमान विकास बोर्डका अध्यक्ष भुवन केसीलाई ईसारा गर्दै व्यङ्गात्मक कटाक्ष गरेका छन् ।

सोमबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा चलचित्र विकास बोर्डलाई बजेट नछुट्याएको भन्दै असन्तुष्टि जनाउनेलाई उनले उक्त व्यङ्गात्मक कटाक्ष दिएका हुन् । उनले लेखेका छन्, ‘सरकारले चलचित्र क्षेत्रलाई केही दिएन रे ? लौ पोहोरै दिएको होइन ? विकास बोर्डको नयॉ अध्यक्ष । अरू कति खोज्या ?’

पछिल्लो समय विकास बोर्डका अध्यक्ष केसी र अभिनेता गिरीबीच शीतयुद्ध चलिरहेको छ भन्दा फरक पर्दैन । बोर्डले वर्ष २०७९ नसकिँदै आफ्नो चलचित्र ‘छक्का पञ्जा ४’ को कमाई सार्वजनिक गरिदिएपछि गिरीले बोर्डप्रति असन्तुष्टि जनाएका थिए ।

गिरीले बोर्डले आफ्नो चलचित्रको गलत कमाई सार्वजनिक गरेको टिप्पणीसमेत दिएका थिए । उक्त घटनापछि यी दुईले आमनेसामने भएर वार्तालाप गरेको देखिएको छैन । केही समय अगाडि राजधानीमा आयोजना भएको चलचित्रको एक कार्यक्रममा यी दुई आमनेसामने भएका थिए ।

तर उनको अगाडि गिरीले यस विषयमा भने बोल्न चाहेनन् । हामी चलचित्रको लागि आएका हौं, यसै विष्यमा केन्द्रित रहौँ भनेर उनले कुरालाई नै टारिदिए । भेट भएको समयमा कुरा टारेपनि उनी अध्यक्ष केसीलाई बेलामौकामा कटाक्ष गर्न भने छाड्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट