२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हिजो को दाइसँग लाग्नुभयो बिर्सिनुस्, अब कांग्रेस भित्रका सबै गुट भत्काउनुपर्छ : गगन थापा

२०८०, १८ जेष्ठ बिहीबार १०:५८

जेठ १८, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले कांग्रेस पुर्ननिर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका हुन् ।

उनले कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरु भत्काउनु आवश्यक रहेको बताए । उनले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरुको साथ छोड्न आग्रह गरे ।

‘आजको दिनमा नागरिकलाई सोध्यो भने कुशासन, भ्रष्टाचार, बेथिति यो तीनवटा कुराबाट ऊ आजित छ । पार्टीसँग मान्छे जोडिने भनेको आशाले जोडिने रहेछ’, उनले भने, ‘पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ । कुशासन, बेथिति, भ्रष्टाचार छ । नेपाली काँग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु । राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ । नयाँ मान्छे आउँछन् । नआउने कुरै छैन । काँग्रेस कमजोर हुने कुरै छैन । यो पार्टीको पुनःनिर्माण सम्भव छ ।’

‘मेरो आग्रह छ, नेपाली कांग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने काँग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ । जम्मा काँग्रेसमा दुईवटा गुट छ भन्ने बनाउँ । जम्मा दुईवटा गुट काँग्रेसमा अब । एउटा गुट काँग्रेसमा परिवर्तन चाहने गुट । एउटा गुट परिवर्तन रोक्ने गुट’, थापाले भने, ‘यो दाई, त्यो दाई सबै छोडिदिनुहोस् । हिजो को दाईसँग को लाग्यो सब बिर्सौं अब । हिजो एउटा अवस्था थियो । अब काँग्रेसभित्र काँग्रेस बदलेर छोड्ने एउटा गुट, होइन बदल्न मिल्दैन कहाँ दाईहरु रिसाउनुहुन्छ भन्ने हो भने त्यो अर्को गुट । जो दाईसँग लाग्छ दाईसँगै जाने । जो आउँछ त्यो सँगसँगै जाने । गर्दै जाने, काम गर्दै जाने । यो बाटो बनाउन सकियो भने पार्टी बाँच्यो । पार्टी बचाउने हो ।’

महामन्त्री थापाले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरुबाट आजित रहेको उल्लेख गर्दै काँग्रेसले यि तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए । उनले कांग्रेसले मानिसहरुलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरु पार्टीमा आउने बताए । उनले कांग्रेसको पुनःनिर्माण सम्भव भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा