१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालको विकास र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

१८ जेष्ठ २०८०, बिहीबार ११:४२

जेठ १८, काठमाडौँ | चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको विकास र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारतलाई नेपालको ‘घनिष्ठ छिमेकी’ को संज्ञा दिए ।

पत्रकार सम्मेलनमा उनले भारतीय समकक्षी मोदीलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको पनि बताए । ‘मैले प्रधानमन्त्री मोदीजीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएको छु, म उहाँको स्वागतका लागि उत्सुक छु,’ उनले भने । 

उनले नेपाल र भारतबीचको सम्बन्ध पुरानो र ‘बहुआयामिक’ रहेको पनि बताए । मोदीको नेतृत्वमा भारतको अर्थव्यवस्था र राजनीतिक परिदृश्यको विकास देखेर आफूहरू खुसी भएको उनको भनाइ थियो । उनले भने, ‘हामी प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम नेतृत्वमा भारतको अर्थव्यवस्था र राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तन देखेर खुसी छौँ ।’

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्रीका रूपमा ९ वर्ष पूरा गरेकोमा बधाई समेत दिए । उनले दुई देशबीचको सम्बन्ध सभ्यतागत, सांस्कृतिक र सामाजिक–आर्थिक सम्बन्धको समृद्ध परम्पराद्वारा निर्मित ठोस धरातलमा टिकेको चर्चा गरे ।

उनले भारतीय समकक्षी मोदीको ‘छिमेकी पहिले’ नीतिको प्रशंसासमेत गरे । भेटवार्ताका क्रममा आफूले दुई देशबीच सहयोग अझ मजबुत बनाउने विषयमा छलफल गरेको पनि उनले बताए । 

भारतीय समकक्षीसँगको भेटवार्तामा पारवहन, लगानी, विद्युत्, व्यापार, सिँचाइ, कृषि, हवाई प्रवेश मार्ग लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जनाए । उनले दुई पक्षीय कूटनीतिक संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न भारतीय समकक्षीसँग चर्चा गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट