२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालको विकास र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

२०८०, १८ जेष्ठ बिहीबार ११:४२

जेठ १८, काठमाडौँ | चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको विकास र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारतलाई नेपालको ‘घनिष्ठ छिमेकी’ को संज्ञा दिए ।

पत्रकार सम्मेलनमा उनले भारतीय समकक्षी मोदीलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको पनि बताए । ‘मैले प्रधानमन्त्री मोदीजीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएको छु, म उहाँको स्वागतका लागि उत्सुक छु,’ उनले भने । 

उनले नेपाल र भारतबीचको सम्बन्ध पुरानो र ‘बहुआयामिक’ रहेको पनि बताए । मोदीको नेतृत्वमा भारतको अर्थव्यवस्था र राजनीतिक परिदृश्यको विकास देखेर आफूहरू खुसी भएको उनको भनाइ थियो । उनले भने, ‘हामी प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम नेतृत्वमा भारतको अर्थव्यवस्था र राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तन देखेर खुसी छौँ ।’

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्रीका रूपमा ९ वर्ष पूरा गरेकोमा बधाई समेत दिए । उनले दुई देशबीचको सम्बन्ध सभ्यतागत, सांस्कृतिक र सामाजिक–आर्थिक सम्बन्धको समृद्ध परम्पराद्वारा निर्मित ठोस धरातलमा टिकेको चर्चा गरे ।

उनले भारतीय समकक्षी मोदीको ‘छिमेकी पहिले’ नीतिको प्रशंसासमेत गरे । भेटवार्ताका क्रममा आफूले दुई देशबीच सहयोग अझ मजबुत बनाउने विषयमा छलफल गरेको पनि उनले बताए । 

भारतीय समकक्षीसँगको भेटवार्तामा पारवहन, लगानी, विद्युत्, व्यापार, सिँचाइ, कृषि, हवाई प्रवेश मार्ग लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जनाए । उनले दुई पक्षीय कूटनीतिक संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न भारतीय समकक्षीसँग चर्चा गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह