२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसद विकास कोष खारेजी माग्दै रास्वपा सांसदहरुले दर्ता गरे संसदमा संकल्प प्रस्ताव

२०८०, १८ जेष्ठ बिहीबार १२:०३

जेठ १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्दै संघीय संसद सचिवालयमा संकल्पप्रस्ताव दर्ता गरेका छन् ।

बिहीबार संघीय संसद सचिवालयमा पुगेर सांसदहरु डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतले उक्त कार्यक्रम गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

१५ जेठमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्रमा सांसदको योजनामा बजेट दिने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड रुपैयाँ छुट्याइएको छ । असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्यूँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको भन्दै रास्वपा सांसहरुले यो कार्यक्रममाथि संसदमा छलफल गराउन खोजेका हुन् । उनीहरुले संसद विकास कोष विगतदेखि नै विवादित कार्यक्रम रहेको भन्दै यसमा राखिएको बजेटको विश्वसनीयतामाथि नै प्रश्न रहेको बताएका छन् ।

अर्थतन्त्र धरासायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटी दोहनमात्र हुने रास्वपा सांसदहरुले बताएका छन् । उनीहरुले सरकारले तत्काल संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि अर्थ मन्त्रालयबाट तत्काल बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माण कार्यका लागि परिचालन गर्न निर्देशन गर्न सभामुखसमक्ष माग गरेका छन् । रास्वपा सांसद सुमना श्रेष्ठले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरेर अन्य आवशयक परेको ठाउँमा बजेट विनियोजन गर्नुपर्ने बताए ।

हेर्नुस् संकल्प प्रस्ताव


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह