१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एक अर्काका पत्रकारलाई देशबाट निकाला गर्दै चीन र भारत

१९ जेष्ठ २०८०, शुक्रबार ०६:४६

जेठ १९, काठमाडौँ | बढ्दो सीमा विवादका बीच भारत र चीनको बिग्रँदो सम्बन्धको नयाँ घटना सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यम वाल स्ट्रिट जर्नलका अनुसार चीन र भारतको नयाँ विवाद पत्रकारहरुको भिसालाई लिएर देखा परेको हो ।

यी दुई देशहरुले हाल आ- आफ्नो देशबाट एक आर्काका पत्रकारहरुको भिसा रिन्यु नगरेपछि हाल भारतमा चीनका र चीनमा भारतका पत्रकारहरु शुन्य भएका छन् । सन् १९८० पछि दुबै देशमा एक अर्काका पत्रकार नभएको यो पहिलो पटक हो ।

रिपोर्टका अनुसार भारतले चीनको सिनहुआ र सिसीटीभीमा दुई पत्रकारहरु भिसा रिन्यु गरेको छैन् । यस दाबीलाई चीनको विदेश मन्त्रालय पनि पुष्टी गरेको छ ।

बुधबार चीनको विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निगले भारतले आफ्ना पत्रकारहरुलाई भेदभाव गरेको बताउँदै चीनले पनि भारतका पत्रकारहरु विरुद्ध कडा कदम अगाडि सार्ने बाहेक अन्य विकल्प नभएको जनाएकी छिन् ।

विवादकै बीच चीनले भारतको ‘द हिन्दू ’ र प्रसार भारतीय दुई पत्रकारहरुलाई देश निकाला गरेको छ । भारत र चीनबीच साढे दुई वर्षअघि पूर्वी लद्दाखको गलवान उपत्यकामा हिंसात्मक झडप भएसँगै दुई देशको सीमा विवाद थप सतहमा आएको थियो ।

उक्त झडपमा २० भारतीय सैनिक र ३८ चिनियाँ सैनिक मारिएको बताइएको थियो । चीनले मारिएका सैनिकको विवरण लुकाउन भरपुर प्रयास गरेको आरोप भारतीय मिडियाहरुले लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट