१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तनहुँमा ड्रागन खेती

१९ जेष्ठ २०८०, शुक्रबार ०९:५७

जेठ १९, काठमाडौँ | यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो । 

करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताउनुभयो । “गत वर्ष भारतको हैदरावादबाट प्रतिबिरुवा रू एक सयका दरले दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएकी थिए । यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ”, उहाँले भन्नुभयो ।


कृषक गौलीले खेतीका लागि सुरुमा करिब रू ७० लाख लगानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेको छु ।” फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिनुभयो । एउटा पोलमा करिब रू दश हजारका दरले खर्च भएको उहाँको भनाइ थियो । 

बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै कृषक गौलीले बिक्री भने गर्न नपाएको बताउनुभयो । उक्त फार्मको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष हिमाल श्रेष्ठले अवलोकन गर्नुभएको थियो । नगरप्रमुख न्यौपानेले व्यावसायिक कृषि पेसालाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । 

यस वर्ष लपक्कै फूल फुलेका छन् । कृषक गौलीले भन्नुभयो, “फूल फुलेअनुसार फल लाग्ने हो भने राम्रै उत्पादन हुन्छ भन्ने विश्वास लिएको छु”, “केही दिनअघि आएको हावाहुरीले ड्रागनका बोट भाँचेकाले त्यसलाई पुनः बिरुवामा परिणत गर्ने योजना बनाएको छु ।” फुल्न लागेको समयमा हावाहुरी आउँदा केही फूल झरेर क्षति भएको उहाँले बताउनुभयो ।

सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गर्नुभएकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित हुनुभएको हो । उहाँले व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आउनुभएको छ । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गरिने गौलीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? परराष्ट्रमन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै आजको मौसम: पहाडी तथा तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च