१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सहस्रनाम पाठ महोत्सवमा १५ हजार सहभागी हुने

१९ जेष्ठ २०८०, शुक्रबार १०:१८

जेठ १९, काठमाडौँ | नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक आउने भएका छन् । 

अनुष्ठान आयोजक श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व शान्तिको सङ्कल्पले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रमा अनुष्ठान गरिने संस्थाका अध्यक्ष अविराज आचार्यले जानकारी दिनुभयो । संस्थाले वैदिक सनातनी मार्गबाट धर्म संस्कृति, ज्योतिष, वास्तु, बाल संस्कार, शिक्षा, स्वास्थ्यलगायत १८ क्षेत्रमा सेवामूलक काम गरिरहेको उहाँले बताउनुभयो ।

यही जेठ २७ गते पशुपति क्षेत्रको हंसमण्डपमा हुने कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नुहुने तय भएको आयोजकले जनाएको छ । कार्यक्रममा अष्टसिद्धिपीठ श्री स्वामी समर्थ गुरुपीठ भारतका पीठाधीश स्वामी समर्थ गुरु माऊली श्री अण्णा साहेव मोरे पनि आउनुहुनेछ । उहाँको सङ्कल्पमा आर्थिकमन्दीबाट छुटकारा र विश्व शान्तिका लागि अनुष्ठान गर्न लागिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

कार्यक्रममा संस्थाका प्रमुख संरक्षक एवं नेपाली सेनाका अवकाशप्राप्त रथी अमर पन्तले भारतको महाराष्ट्रको नासिकमा रहेको दक्षिण गोदावरी र नेपालको ललितपुरमा रहेको उत्तर गोदावरीका बीचको धार्मिक सम्बन्धलाई पनि जनस्तरमा स्थापित गर्न स्वामीको आगमन र अनुष्ठानले सहयोग गर्ने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष एवं प्रचारप्रसार विभाग प्रमुख माधव थापाले अनुष्ठानमा इच्छुक सबैले भाग लिन सक्ने जानकारी दिनुहुँदै आर्थिकमन्दी, दैवी प्रकोप र अशान्ति हटाएर विश्वशान्तिको शङ्खघोष पशुपति क्षेत्रबाट गर्न लागिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट