१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सोविता गौतमले गिरेन्द्रसँग सुटुक्क कसिन् लगनगाँठो

१९ जेष्ठ २०८०, शुक्रबार १२:०४

जेठ १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गिरेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् ।

स्रोतका अनुसार माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए । चितवन घर भएका गिरेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरु प्रणयसुत्रमा बाँधिएको बुझिएको छ । विवाहपश्चात दुवैजना जापान लागेका छन् । सोविताले आफू केही दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् । व्यक्तिगत प्रयोजनले जान लागेको भनेर सन्देश पठाएको पार्टी स्रोतले बतायो । उनले विवाह गरेको विषयमा भने जानकारी दिएकी छैनन् ।


सोविता र गिरेन्द्र प्रेम सम्वन्धमा रहेको रास्वपाका सीमित नेताहरुलाई थाहा थियो । अचानक विवाहको खबरले उनीहरु पनि चकित परेका छन् । सोविताकी बहिनी प्रकृतिले दिदीको विवाह भएको पुष्टी गरिन् । तर, थप जानकारी दिन चाहिनन् । पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता बैबाहिक विधि पूरा गरिएको हो । दुवै पक्षले विवाहका तस्विरहरु सार्वजनिक गरेका छैनन् ।

२८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं-२ बाट विजयी भएकी हुन् । उनले प्रतिनिधिसभामा प्रभावशाली भूमिका खेल्दै आएकी छन् । रास्वपाको बौद्धिक र जुझारु युवा अनुहारमा उनको नाम आउँछ । उनी कानूनकी विद्यार्थी हुन् । विगतमा टेलिभिजन कार्यक्रमको प्रस्तुतकर्ता र निर्माताका रुपमा पनि उनले काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट