प्रचण्डको यो तस्बिर सेयर गर्दै बाबुराम भट्टराईले गरे आलोचना

Posted on: 03 Jun, 2023

जेठ २०, काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भारतको इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेको तस्वीरलाई लिएर पुर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले आलोचना गरेका छन् । यो तश्वीर सामाजिक संजालमा अरुको लागि पनि चर्चाको विषय बनेको छ ।  


प्रचण्ड सम्मिलित पुजापाठको विषयलाई लिएर आलोचना गर्नेहरु सँगै समर्थन गर्नेहरु पनि छन् । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रचण्डको यो कदमको आलोचना गर्दै प्रचण्डले पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले तश्वीर सेयर गर्दै भनेका छन् -'हामी कता जाँदै छौँ, देश कता जाँदै छ ?'  

डा भट्टराईले सेयर गरेको तश्वीरलाई लिएर भट्टराईको आलोचना धेरै भएको छ । प्रतिक्रिया लेख्दै कहिले लेखेका छन् 'बल्ल लाइनमा आए कमरेडहरु ।' 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार महाकालेश्वर मन्दिरमा बिरामी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गर्नुको साथै रुद्राक्ष र नगद दान गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!