१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्रालयको काम नीति निर्माण गर्ने हो, ठेक्कापट्टा गर्ने होइन : मन्त्री जोशी

२० जेष्ठ २०८०, शनिबार ०६:५५

जेठ २०, चितवन | बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताउनुभएको छ । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले ठेक्कापट्टाको काम आफू नेतृत्वको मन्त्रालयले नगर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “मन्त्रालयको काम भनेको नीति, नियम र कानुन बनाउने हो । ठेक्कापट्टा गर्ने होईन ।” आफूले अहिले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधारका लागि नीतिगत कम गरिरहेको उहाँको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारसँगै सेवामा समेत सुधार आवश्यक रहेको उहाँले बताउनुभयो । 

प्रदेश स्वास्थ्य मन्त्रालयले नीतिगत सुधारकै क्रममा असहाय तथा विपन्न नागरिकका लागि अस्पताललाई १० प्रतिशत निःशुल्क श्यया उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशका १३ जिल्लाका अस्पतालका लागि निर्देशन गरिएको छ । यो कार्यान्वयनमा आउँछ ।” कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गरिने उहाँले जानकारी दिनुभयो । 

प्रचलित मापदण्डबमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल श्ययाको १० प्रतिशत श्यया छुटाई निःशुल्क उपचार अनिवार्यरुपमा गराउन लागिपरेको उहाँले बताउनुभयो । 

प्रदेश सरकार जनताका पक्षमा छ भन्ने आभास हुने गरी काम गर्न लागिएको बताउँदै उहाँले सरकार हरेक नागरिकका पक्षमा रहने बताउनुभयो । ज्येष्ठ नागरिकप्रति सरकार सधैँ सकारात्मक भएको भन्दै उहाँले ज्येष्ठ नागरिकबाट अहिले पुस्तान्तरणका कार्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तान्तरणले हाम्रो धर्म संस्कृति संरक्षण गर्ने भएकाले यसको पक्षमा सरकार हुनेछ ।”

कार्यक्रममा भूमि आयोग चितवनका अध्यक्ष बद्रीप्रसाद तिमिल्सिना, राम जानकी आश्रमका महासचिव रामेश्वर खनाल, सङ्घका अध्यक्ष केदारनाथ तिमिल्सिना र उपाध्यक्ष माधव घिमिरेले ज्येष्ठ नागरिकका समस्याका बारेमा बोल्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट